Like us!
Follow us!
Connect us!
Watch us!

संघीय बजेटको ५० प्रतिशत भन्दा बढी हिस्सा प्रदेश, गाउँ र नगरपालिकामा

शनिबार, १६ बैशाख २०७४, १८ : ४८ मा प्रकाशित

संघीय बजेटको ५० प्रतिशत भन्दा बढी हिस्सा प्रदेश, गाउँ र नगरपालिकामा

अर्थ संसार 
ललितपुर वित्तीय संघीयताको मूल मर्म अनुसार नेपाली कांग्रेसले संघीय बजेटको ५० प्रतिशत भन्दा बढी हिस्सा (आगामी आर्थिक वर्षमा करीब ६०० अर्ब रुपैयाँ) सिंहदरबारबाट प्रदेश, गाउँ र नगरपालिकाहरुमा सोझै पठाउने अठोट व्यक्त गरेको छ ।

नेपाली कांग्रेसले मंगलबार सार्वजनिक गरेको स्थानीय निर्वाचन २०७४को घोषणापत्र मा सो अठोट व्यक्त गरेको हो ।  अब स्थानीय तहमै जनताको माग र आवश्यकता अनुसार आयोजनाहरुको छनौट र निर्माण प्रक्रिया प्रभावकारी बनाइने कांग्रेसले जनाएको छ ।

 यसबाट विकास–निर्माणका काम छिटो–छरितो, कम खर्चिलो र परिणाममुखी हुने पनि नेपाली कांग्रेसले विश्वास व्यक्त गरेको छ ।  लाभ–लागतको अध्ययन भएका, जनताको व्यापक सहभागिता जुट्ने, आर्थिक र श्रम सहयोग प्राप्त हुने प्रकृतिका महत्वपूर्ण स्थानीय परियोजनाहरुमा बहुवर्षीय बजेटको प्रतिबद्धता गरिने कांग्रेसले जनाएको छ ।

 साथै  नेपालमा निर्माण उद्योगले अझै परिपक्वता हासिल गरिसकेको सन्दर्भमा स्थानीय तहमा अब विकास निर्माणको ठूलो लहर आओस्,गुणस्तरीय काम होस् भन्नका लागि स्थानीय निर्माण व्यवसायीहरुलाई प्रोत्साहन र प्रभावकारी अनुगमनको व्यवस्था गरिनेपनि नेपाली कांग्रेसले घोषणापत्रमा स्पष्ट पारेको छ । 

कुनै पनि परियोजना शुरु गर्दा नेपाली कांग्रेसका स्थानीय सरकारहरुले परियोजना किन आवश्यक छ रु, आयोजनाले आम समुदायमा ल्याउन सक्ने आर्थिक, सामाजिक, सांस्कृतिक वा वातावरणीय प्रभाव के हो रु, खर्चले धान्न सकिन्छ कि सकिंदैन रु, परियोजनामा प्रयोग हुने उपयुक्त प्रविधिहरु उपलब्ध छन् कि छैनन् ? निर्धारित समय सीमाभित्र आयोजना कार्यान्वयनको सुनिश्चितता  छ कि छैन रु जस्ता आधारहरुको खोजी गरेर मात्र परियोजनाहरु अगाडि बढाउनेछन् भन्ने पनि कांग्रेसको घोषणापत्रमा स्पष्ट पारिएको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको