आइतबार, ०३ मङि्सर २०७४, २१ : ४४
काँग्रेसलाई धिक्कार्ने छ इतिहाँसले
मङ्गलबार, ०२ कार्तिक २०७३

कोमल पौडेल 

पुरानो जिम्मेवार, प्रजातान्त्रिक र सबभन्दा शक्तिशाली पार्टी मानिएको नेपाली काग्रेसको भूमिका अहिले देश र जनताको लागि अती फितलो, दिग्भ्रमित, गैर जिम्मेवार र नकारात्मक देखिएको छ । प्रजातन्त्र ल्याउन पहल गरेको पार्टीले नेता बिपि कोइरालाको नीति र राजनीतिक धारणालाई चटक्क बिर्सेर अहिले राष्ट्रघाती कार्य गर्न सम्लग्न भैरहेको, जनतालाई धोका दिइरहेको, देशलाई कमजोर र धरापमा पार्दै गएको अतिबादी माओवादी केन्द्रलाई समर्थन गर्नु ठूलो भुल हो ।

यो भूमिकाले एमालेलाई सत्ताच्युत गर्ने मात्र उद्देश्य  भएको बुझिदैन । यसले नेपाली काग्रेस आफैलाई अदुरदर्शी, असक्षम, अप्रजातान्त्रिक र राष्ट्रघाती बनाएको छ ।  बाहिरको कुरा सुन्नुभन्दा अफ्नै देशको बिश्लेषण गरी समस्या समाधानको लागि प्रतिबद्द हुनुपर्ने प्रजातन्त्रका खम्बा हांै भन्नेहरु यसरी बिचलित भएपछि देशमा अब राष्ट्र र जनतालाई  साच्चिकै माया गर्ने र जिम्मेवारी बोध गर्ने पार्टी एमाले मात्र हुन पुगेको छ ।

मलाई दुख लाग्छ, नेपाली काग्रेसमा अति मेहनती, राष्ट्रप्रेमी, जनप्रेमी र विकासप्रेमी नेताहरु पनि हुनुहुन्छ । तर उहाँहरुको आवाज कता हरायो रु हुन त नीतिगत रुपमा बिचलन आएपछि, प्रमुख दायित्व बिर्सेपछि, लक्ष्य र उद्देश्यबिहीन भएपछि, स्वार्थी, पदलोलुप अनि अवसरबादी भएपछी जुनसुकै सम्झौता र गठबन्धनमा सम्लग्न हुन हिचकिचाहट हुँदैन । अहिले नेपाली काग्रेसको भूमिकाले देशलाई २० बर्ष पछाडि धकेलेको छ । यती ठूलो जिम्मेवार राजनीतिक पार्टीको कार्यनीतिमा आएको यो बिचलनले नेपाली जनतालाई फेरि अन्योल र दिशाबिहीनतातिर डोर्याएको अनुभूत भैरहेको छ । 

राष्ट्र सम्बृद्द बनाउने सपना अहिलेको अन्यौलपूर्ण अबस्थाले अधुरो बनाइ दिएको छ । हाम्रो अर्थिक अवस्थाको कारण जुन देशले सहयोग गरे पनि, जुन देशले सकारात्मक योजना ल्याए पनि स्वीकार गर्नुपर्ने बाध्यता भएको कुरालाई वास्ता नगरी, देश र जनताको समस्या समाधानतिर नलागि, बिदेशीको चाहना पूूरा गर्ने मनस्थितिले गर्दा आज बिकासमा गतिरोध पैदा भएकोछ । हाम्रो जस्तो अति सानो र अविकसित देशले असम्लग्न परराष्ट्र नीतिलाई बिर्सन नहुने हो ।

जनताले पनि पार्टीलाई समर्थन मात्र गर्न हुँदैन, सही दिशामा पाइला चालेको छ/छैन मुल्याङ्कन गरी सुझाव दिने, दवाब दिने काम गर्नुपर्छ । नेपाली काग्रेसका ती शीर्ष देशभक्त नेताहरु कता हराए । नेपाली काग्रेसले देश र जनताको माया हुन्थ्यो भने केपी ओलीलाई समर्थन गथ्र्यो । भिन्न ध्रुबका अतिबादी मिल्नु अति व्यक्तिगत चरम स्वार्थको कारण थियो । नेपाली काग्रेसको यो कालो इतिहास भविश्यका सन्ततिले पढ्नुपर्ने भयो । त्यति मात्र होईन, नेपाली काग्रेसको समर्थनमा देशले के पायो, के गुमायो एउटा अनुसन्धानको बिषय हो ।

अब पनि चुपचाप मुख नखोली बसेर राष्ट्रियता खलबलाउने हो भने त्यस्तो पार्टीलाई जनताले आँफै फाल्ने छन् । नेपाली जनता अब भ्रमको राजनिति बुझ्न सक्षम भैसकेका छन् ।  माओबादीसँग त कुनै राजनैतिक नैतिकता नै छैन । यो त रिमोटबाट नियन्त्रण हुने एउटा मेशिन जस्तै हो । सुनिँदैछ, प्रचण्डले स्वीजरल्याण्ड बैंकमा गरिब नेपालीको रगत चुसेर पैसा जम्मा गरेका छन रे । जहाँ पैसाको ब्याज आउँदैन, उल्टै सुरक्षित राखिदिएबापत खातावालाले पैसा तिर्नुपर्छ ।

म गरीब असहाय, कुपोषित, बेरोजगार, भूमिहीन र पिछडिएका डोटी, अछाम, कैलालीलगायत बिभिन्न दुर्गम जिल्लाका जनताको नारी छाम्दाछाम्दै बिदेश अध्ययन गर्न आएकोले मलाई पिडा हुन्छ । ती बस्तीको अवस्था  सम्झदा । यी नेताहरुको शैली र चरित्र पढ्दा । 

देश छ, अभिभावक छैनन् । घर छ, बाबुआमा छैनन् । पार्टी छ, त्यहाँ नैतिकता छैन । नेता छन्, उनीहरुमा भिजन र निस्वाथ भाव छैन । समाज छ, त्यहाँ एकता छैन । धर्म र सस्कृती छ, विस्वास छैन । कानुन छ, कार्यन्वयन छैन । देशभक्त पछारिएका छन्, राष्ट्रघाति अगाडि सरेका छन । यो सब हुनुमा नेपाली काग्रेसको भूमिका प्रमुख छ ।
                                                                                       (यो लेखकको निजी विचार हो ।)
 

© Arthasansar.com 2016, All Rights Reserved