Like us!
Follow us!
Connect us!
Watch us!

नेरुडेको मुनाफा १२ करोड

शनिबार, १६ बैशाख २०७४, ०८ : ३१ मा प्रकाशित

नेरुडेको मुनाफा १२ करोड

अर्थ संसार 
 विराटनगर  नेरुडे लघुवित्त विकास बैङ्कले शेयरधनीहरूलाई आव २०७२/७३ को वितरणयोग्य मुनाफाबाट ११ दशमलव ०५ प्रतिशत नगद र २० प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । बैङ्कको बिहीवार सम्पन्न १०औं वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।

सो अवसरमा करीब बैङ्क सञ्चालक समितिका अध्यक्ष डा। भेषप्रसाद धमलाले ९० हजार घरपरिवारमा लघुवित्त सेवा पुर्‍याउँदै आएको बैङ्कले १२ करोड ५६ लाख ५८ हजार ३ सय ७५ रुपैयाँ नाफा गरेको जानकारी दिए ।

उनले आव २०७२/७३ मा बैङ्कले ८९ हजार ६ सय ६० घर परिवारमा लघुवित्त सेवा पु¥याएको बताए । उनका अनुसार २०७३ सालमा  ५९ हजार ८ सय ४२ सदस्यलाई रू २ अर्ब १३ करोड ऋण लगानी गरेको छ ।

सो अवधिमा बैङ्कले ८१ करोड बचत सङ्कलन गरेको थियो । सभाले संस्थापक शेयरधनीहरूमध्येबाट मणिकुमार अर्याल र भुवनेश्वर मण्डल र सर्वसाधारण शेयरधनीहरुमध्येवाट सुधीरकुमार श्रेष्ठ र लोकनाथ खनाललाई बैङ्कको सञ्चालकमा नियुक्त गरेको छ ।
अभियानबाट 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको