Like us!
Follow us!
Connect us!
Watch us!
२५.६ मिलियन विक्रि परिमाण र २९.८% बार्षिक बृद्धिदर

सन् २०१७ को पहिलो त्रैमासमा ओप्पो चौथौँ स्थानमा

शुक्रबार, १५ बैशाख २०७४, २० : ४६ मा प्रकाशित

सन् २०१७ को पहिलो त्रैमासमा ओप्पो चौथौँ स्थानमा

अर्थ संसार 
काठमाडौं - ईन्टरनेशनल डाटा कर्पोरेशन (आईडीसी)ले सन् २०१७ को पहिलो त्रैमासका लागि स्मार्टफोन अनुगमन नतिजा प्रकाशित गरेको छ ।

आईडीसीद्वारा प्रस्तुत डाटाका अनुसार वैश्विक बजारमा २५ दशमलव ६ मिलियन विक्रि परिमाण (सेल्स भोल्यूम) र २९ दशमलव ८ प्रतिशत इयर अन इयर ग्रोथका साथ ओप्पो सन् २०१७को पहिलो त्रैमासमा चौथौँ स्थानमा रहेको छ । 

आईडीसीद्वारा प्रस्तुत प्रतिवेदनमा चिनिया बजारमा बलियो उपस्थितीका लागि ओप्पोको मध्यम बर्गियर क्यामेरा केन्द्रित आरनाइन एसले विशेष भुमिका खेलेको उल्लेख छ । त्यसैगरी बाहिरी बजारमा समेत ओप्पोको बृद्धिदर निकै राम्रो रहेको प्रतिवेशनले जनाएको छ ।

एसियाका अन्य भाग तथा मध्य पूर्व र अफ्रिकी क्षेत्रमा समेत ओप्पोको बलियो विक्रि सञ्जाल मार्फत आफ्नो उपस्थिती जनाउन सफल हुँदै गएको छ । भारतिय बजारको  ‘एबोभ द लाइन’ तथा ‘बिलो द लाइन’ क्रियाकलापमा समेत ओप्पो निकै आक्रामक तरिकले लागि परेको छ ।

त्यसैगरी ईन्डोनेशिया लगायत दक्षिणपूर्वी एसियाली देशहरुमा समेत आफ्नो सेवा केन्द्र स्थापना गर्दै विक्रि पछिको सेवामा उत्कृष्टता प्रदान गर्न थालेको प्रतिवेदन मार्फत जानकारी दिइएको छ । 

ओप्पोको बारेमा
ओप्पो, विश्वभरका यूवा पुस्ता माझ सर्वाधिक लोकप्रिय क्यामेरा फोन ब्राण्ड हो । विगत १० बर्षदेखि मोबाइल फोटोग्राफीमा नवप्रबर्तनात्मकता पस्कँदै उत्कृष्ट क्यामेरा फोन उत्पादनमा ओप्पो केन्द्रित छ ।

सेल्फी ब्यूटिफिकेशन युगको सुरुवात गर्ने ओप्पो ५ मेगापिक्सलको रियर र १६ मेगापिक्सेलको फ्रण्ट क्यामेरा उपलब्ध गराउने पहिलो स्मार्टफोन ब्राण्डपनि हो । साथै, मोटोराइज्ड (मोटरको प्रयोग गरिएका) रोटेटिङ क्यामेरा , अल्ट्रा एचडी फिचर र फाइभ एक्स डुअल क्यामेरा जुम प्रविधि लगायत सार्वजनिक गर्नेे श्रेयपनि ओप्पोलाई नै जान्छ ।

सन् २०१६मा सेल्फी एक्स्पर्ट एफ सिरिज सार्वजनिक गर्दै ओप्पोले स्मार्टफोन उद्योगमा सेल्फी ट्रेण्डको थालनी गर्यो । 

आईडीसीका अनुसार सन् २०१६का लागि ओप्पो वैश्विक बजारकै चौथौँ स्मार्टफोन ब्राण्ड हो । आज ओप्पोले विश्वभरका १० करोड भन्दा बढी यूवा पुस्तालाई उत्कृष्ट स्मार्टफोन फोटोग्राफी अनुभव प्रदान गरिरहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको