Like us!
Follow us!
Connect us!
Watch us!

कलंकीमा संचालनमा आयो अत्याधुनिक आंखा उपचार केन्द्र

शुक्रबार, १५ बैशाख २०७४, १७ : २९ मा प्रकाशित

कलंकीमा संचालनमा आयो अत्याधुनिक आंखा उपचार केन्द्र

दिनिता लामिछाने

काठमाडौं– आँखा विशेषज्ञहरुको समुहले कलंकीमा अत्याधुनिक प्रविधि जडित दृष्टि आइ केयर सेन्टर संचालनमा ल्याएको छ ।

दृष्टि आइ केयर सिस्टमले सञ्चालन गरेको सेन्टरले मोतिबिन्दुको बिना इन्जेक्सन अत्याधुनिक प्रविधि प्रविधि प्रयोग गरेर शल्यक्रिया गर्ने, आँखाको नानी प्रत्यारोपण गर्ने, रेटिनाको शल्यक्रिया गर्ने, डेढो आँखालाई सोझो बनाउने, आँखाबाट पिप बगिरहनेको ठिक गर्ने, मासु पलाएको रोगको उपचार गर्ने जानकारी दिएको छ । 

आइ केयर सेन्टरको वरिष्ठ नेत्र विशेषज्ञ डा. रामप्रसाद पोखरेल, वरिष्ठ हास्य कलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्त रुपमा उद्घाटन गरे । 

दृष्टि आइकेयर सेन्टरले पहिलोपटक अमेरिकी प्रविधिको उपयोग गर्दै अनलाइन प्रविधिबाट समेत उपचार जानकारी दिने जनाएको छ ।

यसअघि दृष्टि आइ केयर सिस्टमले काठमाडौँको चावहिल, जमलमा यस्तै केन्द्र स्थापना गरिसकेको छ । यस्तै उपत्यकाबाहिर झापाको बिर्तामोड, बाराको कलैया र पर्साको वीरगन्जबाट आँखा उपचार सेवा प्रदान गरिरहेको जनाएको छ ।

सिस्टमका कार्यकारी निर्देशक डा. भाइराजा श्रेष्ठले गुणस्तरी आँखा उपचार गर्ने नयाँ केन्द्र विस्तार गरिएको जानकारी दिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको