Like us!
Follow us!
Connect us!
Watch us!

जानकी फाइनान्स दुइ नम्बर प्रदेशकाे सबैभन्दा बढी कर तिर्ने कम्पनी हाे, प्रमुख कार्यकारी अधिकृतसँग कुराकानी (भिडियाेसहित)

अर्थ संसार

बुधबार, १५ पुस २०७७, १८ : २८ मा प्रकाशित

राजधानी बाहिर केन्द्रीय कार्यालय रहेर पनि राम्राे प्रगति गरिरहेकाे वित्तीय संस्था हाे जानकी फाइनान्स । २ नम्बर प्रदेशको राजधानी जनकपुरमा रहेको जानकी फाइनान्स केही बर्षदेखि त्यस प्रदेशकै सबैभन्दा बढी कर तिर्ने कम्पनी बनेकाे छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत रजनिशकुमार सिंह जानकी फाइनान्स २४ बर्ष पुरानो सस्था भएकाे बताउँछन् । उनका अनुसार कम्पनी उक्त क्षेत्रममा त्यहाँका जनतासँग नजिकबाट घुलमिल भएकाे छ ।

सस्थापकहरु त्यहीँका स्थानीय हुनुभएको कारणले गर्दा काम गर्न सजिलो भएको उनकाे भनाइ छ। फाइनान्सलाइ तथ्यांकमा हेर्दा बचत दुइ सय पचासी करोडको हाराहारिमा छ ।

लगानी दुइसय पैतिस करोड छ। चुक्ता पूँजी साठी करोड एघार करोड पुगेको छ। नेपाल रास्ट्र बैंकले तोकेको बित्तीय संस्थाको लागि पचास करोडको पूँजी दुई बर्षअगाडि नै पूरा गरिसकेकाे छ ।

अडित नभए पनि कम्पनीकाे अहिलेसम्मको अनुमानित मुनाफा आठ करोड सन्ताउन्न लाख रुपैयाँ छ। कम्पनीको डिभिडेन्टको इतिहास हेर्दा ७७ %सम्म प्रतिफल दिएको देखिन्छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत सिंहसँग अर्थसंसार डटकमका प्रधान संपादक लीलानाथ घिमिरेले गर्नु भएकाे कुराकानी ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको