Like us!
Follow us!
Connect us!
Watch us!

अख्तियार प्रमुख कार्कीकै ज्वाईंले रोके म्याद तामेली

सोमबार, ०१ कार्तिक २०७३, १५ : १२ मा प्रकाशित

अख्तियार प्रमुख कार्कीकै ज्वाईंले रोके म्याद तामेली

अर्थ संसार
काठमाडौं–कानुनको धज्जी उडाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख आयुक्त लोकमानसिंह कार्कीले बजारमा रमिता देखाएका छन् । उनले आफ्ना अनुचरलाई प्रयोग गरेर घरमा म्याद ९अदालतको सूचना० टाँस्न रोकेका छन् । सर्वोच्च अदालतको टोलीले  कार्कीको नयाँ बानेश्वरस्थित घरमा सोमबार म्याद टाँस्ने प्रयास गरेको थियो  । टोलीले वडा कार्यालयमा मुचुल्का बनाएर म्याद टाँस्न गएको थियो । 

आफूलाई वडा नागरिक मञ्चका पदाधिकारी बताउने केही युवाले कार्की उक्त घरमा नबस्ने हुँदा म्याद टाँस्न नदिने बताएका थिए । उक्त टोलीको नेतृत्व कार्र्कीका ज्वाईं प्रबल थापाले गरेका थिए । थापा रापपा नेपालका सभासद तथा एन्फाका पूर्व अध्यक्ष गणेश थापाका भान्जा हुन् । कार्कीसँग नाता जोडिएकाले अख्तियारले थापाको भ्रष्टाचारको फाइल मुल्तबीमा राखेको थियो ।   

यसअघि सोमबार विहानै सर्वोच्चको टोलीलाई आफूलाई सामसङ कम्पनीको कर्मचारी बताउने समूहले म्याद टाँस्न रोकेको थियो । म्याद टास्न जानुअघि सर्वोच्चको टोली वडा कार्यालय पुगेको थियो । रोहबरमा बस्न आउने भनेर वडा सचिव सरिता राई अन्तिम समयमा आइनन् । कार्कीको नियुक्तिसम्बन्धी मुद्धामा बहसका लागि बोलाउँदा आउन अस्वीकार गरेपछि सवोच्चले उनको घरमै म्याद टास्ने तयारी गरेको हो । संबैधानिक निकायका प्रमुख कार्कीको यस्तो गैरकानुनी कार्यले जग हँसाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको