Like us!
Follow us!
Connect us!
Watch us!

एभरेष्ट बैंकको खुद नाफा एक अर्ब ५२ करोड

सोमबार, ११ बैशाख २०७४, १५ : ४७ मा प्रकाशित

एभरेष्ट बैंकको खुद नाफा एक अर्ब ५२ करोड


अर्थ संसार 
काठमाडौँ– विभिन्न बैंक तथा वित्तिय संस्थाले चालु आवको नौ महिनाको नाफा विवरण सार्वजनिक गर्ने क्रम बढेको छ । सोही क्रममा एभरेष्ट बैंक पनि थपिएको छ ।

बैंकले चालु आवको नौ महिनामा रु एक अर्ब ५२ करोड ५८ लाख खुद नाफा गरेको छ ।गत आवको सोही अवधिमा बैंकले रु १ अर्ब २० करोड ९० लाख नाफा गरेको थियो । गत आवको तुलनामा यो आवमा बैंकले नाफा झण्डै रु ३३ करोड बढी रहेको छ ।

बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार नाफा, कर्जा लगानी र निक्षेप परिचालनमा विस्तार भएको जनाएको छ ।

गत चैतसम्म बैंकले रु ९२ अर्ब ८१ करोड १४ लाख निक्षेप परिचालन गरेको छ । गत आवको सोही अवधिमा रु ७९ अर्ब ८१ करोड ८४ लाख निक्षेप संकलन गरेको थियो ।

यस्तै समीक्षा अवधिमा बैंकले रु ७३ अर्ब ५५ करोड कर्जा लगानी गरेको छ । गत आवको सोही अधिमा बैंकले रु ५९ अर्ब १८ करोड लगानी गरेको छ । बैंकको चुक्तापुँजी रु ४ अर्ब ६० करोड ६४ लाख छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको