Like us!
Follow us!
Connect us!
Watch us!

एनसेलका डिलरहरु आन्दोलित, काठमाडौं ५ वटा ड्स्टिीव्यूटरमा तालाबन्दी

सोमबार, ११ बैशाख २०७४, १२ : ०० मा प्रकाशित

एनसेलका डिलरहरु आन्दोलित, काठमाडौं ५ वटा ड्स्टिीव्यूटरमा तालाबन्दी

दिनिता लामिछाने
काठमाडौं– नीजि क्षेत्रको दूर संचार प्रदायक कम्पनी एनसेलका देशभरका डिलरहरु आन्दोलित भएका छन् । सम्झौताको समयावधी बाँकी रहूँदै एनसेल व्यवस्थापन एक्जियटाले अवैध रुपमा जोनल एजेन्ट खडा गरेर दश वर्षदेखि काम गर्दै आएका डिलरहरुलाई खारेज गरेपछि उनीहरु आन्दोलनमा उक्रिएका हुन् ।

पहिलो चरणमा उनीहरुले आइतबार काठमाडौंका वितरक (ड्स्टिीव्यूटर) हरु स्याटलाइट नेपाल, डिजिटेक डटकम डट एनपी, ओम सोलुसन, मोविलन ट्रेड इन्टरनेशनल र सिएम ट्रडिङ इन्टरप्राइजेजमा तालाबन्दी गरेका छन् । त्यस्तै पोखरामा खोलिएको एनसेल जोनल एजेन्ट प्राइम एक्सेस को कार्यालयमा पनि तालाबन्दी गरेका छन् । 

‘एनसेल नेपालको सबैभन्दा धेरै ग्राहक संख्या भएको कम्पनी हो’, एनसेल डिलर्स एसोसिएसनका अध्यक्ष संजयकुमार अग्रवालले भने, ‘यसलाई यो अवस्थासम्म ल्याई पु¥याउन आम एनसेल सिम प्रयोगकर्र्ताको माया र सद्भावसगै हामी डिलरहरुको ठुलो भूमि रहेको छ । व्यवस्थापनले हामीसँग सम्झौता हुदाँहुँदै हामीलाई खारेज गरेको छ ।’

उनले विगतको सम्झौता अनुसार एनसेल व्यवस्थापन अघि नबढे शसक्त आन्दोलनमा उक्रने चेतावनी दिए । ‘रात दिन, घाम पानी केही नभनी हामी डिलर र हामी मार्फतका च्यानलहरु नेपालका ग्रामिण क्षेत्रका कुना काप्चादेखि लिएर शहरको गल्ली गल्लीसम्म धाएर एनसेललाई चिनाउन लाग्यौ’, उनले भने, ‘सन् २००५ देखि यो अवधिसम्म व्यवस्थापनसँग कुनै पनि बार्गेनिङ नगरि यसको सम्पूर्ण टार्गेटहरु पूरा गरि हामीले यस कम्पनीलाई सहयोग पु¥याउने काम गर्दै आयौ ।

जसको परिणम स्वरुप एनसेल अहिले यो अवस्थामा पुगेको छ । तर एकाएक हामीलाई हटाउँदा हाम्रो रोजिरोटी मात्र खोसिएको छैन । यसमा आवद्ध हजारौ कर्मचारीसमेत बेरोजगार बनेका छन् ।’ एनसेलले नेपाल सरकारलाई कर तिर्नुपर्छ भन्ने दबाब दिएकाले संघप्रति पूर्वाग्रही भएर यस्तो निर्णय गरेको हुन सक्ने महासचिव उमेश श्रेष्ठले बताए ।

‘ग्राहकले कर नतिरे सिमकार्ड तथा रिचार्ज कार्ड किन्दैनौ भनेपछि हामीले एनसेललाई कर तिर्न दबाब दियौँ तर त्यसको परिणाम स्वरुप हामीलाई निषेध गर्न खोजियो’,  उनले भने, ‘कर छल्नकै लागि अनाधिकृत जोनल एजेन्ट मार्फत कारोबार थालेको हुन सक्छ ।’
एनसेलका नेपालभर १ सय ५ वटा डिलर र ५ वटा वितरक 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको