Like us!
Follow us!
Connect us!
Watch us!

चैते धानका लागि किसानलाई अनुदान

शनिबार, ०९ बैशाख २०७४, १६ : २८ मा प्रकाशित

चैते धानका लागि किसानलाई अनुदान

अर्थ संसार 
कलैया– नेपाललाई धानबालीमा आत्मनिर्भर बनाउने उद्देश्यले सरकारले चैते धानबालीमा अनुदान दिइने नीति लिएको छ । यसका लागि बारामा सरकारले तीन सय हेक्टर क्षेत्रफलमा बृहत् धान उत्पादन कार्यक्रम सञ्चालन गरिएको छ ।

बीमा कम्पनीको नियमानुसार खेती गरिएको धान खेतीको बीमा भएको सहभागी किसानलाई प्रोत्साहनस्वरुप प्रतिहेक्टर रु पाँच हजारका दरले अनुदानसमेत दिइने नीति सरकारले लिएको कृषि विकास कार्यालय बाराका प्रमुख शिवरत्न साहले बताउनुभयो । 


नेपाल धान उत्पादनमा आत्मनिर्भर नहुँदा प्रत्येक वर्ष विदेशबाट अर्बौं रुपैयाँ बराबरको धान–चामल आयात हुने गरेका छन् भने बारा जिल्ला धान उत्पादनमा आत्मनिर्भर भई निर्यात गर्ने जिल्लामा रहेका छन् । 

यो वर्षमा बाराको कोल्हवी, नरही, वरियापुर, पकडिया, सिम्रौनगढ क्षेत्र, रामपुर्वा, सपही गाविसमा हर्दिनाथ १, चैत २, चैत ४ र स्थानीय कुरिया वगही जातको चैत धान कुल सात हजार ६ सय ७१ हेक्टर क्षेत्रफल जग्गामा चैते धान खेती गरिएको छ । 

भदैया, अगहनी धानको उत्पादकत्वभन्दा चैते धानको उत्पादकत्व बढी हुने भएकाले किसानलाई सिँचाइका लागि डिप बोरिङ गरेर पनि चैतेधान खेती गर्ने गरिएको छ । 

गत आवमा कुल सात हजार ६ सय ७० हेक्टर क्षेत्रफलमा उन्नत र स्थानीय जातको चैत धान खेती गरिएको थियो । सो वर्ष जिल्लामा प्रतिहेक्टर ५ दशमलव ३५ मेट्रिक टनका दरले कुल ५१ हजार आठ सय ४१ दशमलव ५ मेट्रिक टन चैतेधान उत्पादन भएको थियो । रासस 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको