Like us!
Follow us!
Connect us!
Watch us!

पारसको टिम चौराहा धनगढीले जित्यो धनगढी प्रिमियर लिग

शनिबार, ०९ बैशाख २०७४, १४ : ४१ मा प्रकाशित

अर्थ संसार 
धनगढी– धनगढी प्रिमियर लिग (डीपीएल) को उपाधि पारसको टिम चौराहाले जितेको छ ।  शनिबार भएको फाइनलमा चौराह धनगढीले शरद भेसवाकरको टिम विराटनगर किंसलाई हराउँदै उपाधि जितेको हो ।

एसएसपी कार्यालय क्रिकेट मैदान धनगढीमा टस जितेर पहिले ब्याटिङ गरेको चौराहाल निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाउँदै १५९ रन बनाएको थियो ।  १६० रनको लक्ष्य पछ्याएको विराटनगर १८.१ ओभर  खेल्दै सबै विकेट गुमाएर मात्र ९७ रनमा समेटिएको थियो ।

उसका लागि प्रनित थापा मगरले सर्वाधिक २७ रन बनाएका थिए । विराटनगरलाई सस्तैमा समेट्ने क्रममा चौराहाका सुसन भारीले ३ तथा सौरभ खनालले दुई विकेट लिए। आरिफ शेखको प्रदर्शन चौराहाका लागि उत्कृष्ट रहृयो । ब्याटिङतर्फ ५४ रन बनाएका उनले बलिङमा पनि २ विकेट लिए ।  

यसअघि आरिफ शेखले सर्वाधिक अर्धसतकीय पारि खेलेपछि टिम चौरहाले १५९ रनको बिशाल योगफल तयार पारेको थियो। ३० बल खेलेका उनले ४ छक्का र चार चौकासहित ५४ रन बनाए। यस्तै बिष्फोटक ब्याटिङ गरेका अमर राउटेलाले ३१ रन बनाए। मात्र १५ बल खेलेका उनले २ छक्का र ३ चौका प्रहार गरेका थिए ।

सौरभ खनालले ५ बलमा १४ रन बनाए। यस्तै कप्तान पारस खड्काले २९ रनको योगदान दिए। ३४ बल खेलेका उनले १ छक्का र तीन चौका प्रहार गरेका थिए। चौराहाका लागि पृथ्यु बाँस्कोटाले १४ रन बनाएका थिए। ओपनर राजु रिजाललाई शुन्यमा गुमाएको चौराहाका लागि अनिल मण्डलले २ रन बनाए ।


विराटनगर किंग्सका लागि शुसील कँडेलले २ तथा जितेन्द्र मुखिया, सन्दिप लामिछाने र प्रकाश बिष्टले १÷१ विकेट लिए । पारस खड्काको नेतृत्वमा रहेको टिम चौराह धनगढीले लगातार पाँच खेल जित्दै उपाधिमाथि कब्जा जमाएको हो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको