Like us!
Follow us!
Connect us!
Watch us!

तरकारी खेतीमा यन्त्रको प्रयोग बढाइँदै

शुक्रबार, ०८ बैशाख २०७४, १७ : २० मा प्रकाशित

तरकारी खेतीमा यन्त्रको प्रयोग बढाइँदै

अर्थ संसार 

रत्ननगर–व्यावसायिक कृषि खेतीको विकासका लागि चितवनमा लागू भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजनाअन्तर्गतको तरकारी जोनमा यान्त्रीकरणलाई अधिकतम प्रयोग गरिने भएको छ । 

उक्त आयोजनाका प्रमुख सोमनाथ घिमिरेले अहिले विभिन्न क्षेत्रबाट आधुनिक यन्त्रको प्रयोग बढाउने काम भइरहेको बताउनुभयो । चालु आर्थिक वर्षमा तरकारीका लागि विशेष पकेट क्षेत्र ९तरकारी जोन०को विकास गर्न पश्चिम चितवनमा पाँच सय हेक्टर र माछा उत्पादन गर्न एक सय हेक्टरमा उक्त परियोजना सञ्चालन भएको छ ।

“अहिले तरकारी रोप्न ड्याङ बनाउने र प्लास्टिक ओछ्याउने मेसिन भारतबाट ल्याइसकिएको छ,” घिमिरेले भन्नुभयो, “मल ओछ्याउने पनि मेसिन आउँदैछ ।” रोप्ने र गोड्ने मेसिनको समेत प्रयोग हुने उहाँले बताउनुभयो । 

उहाँले किसानको मागअनुसार कृषिमा यान्त्रीकरणको प्रयोगमा जोड दिइने जानकारी दिनुभयो । यसका लागि जिल्लामा रु २५ लाख अनुदान दिइने र किसानले ५० प्रतिशत हाल्नुपर्ने प्रावधान छ । यस वर्ष कृषि जोनअन्तर्गत सिँचाइका लागि रु १० लाख र तरकारी सङ्कलन केन्द्रका लागि रु २० लाख बजेट आएको छ । 

कृषि जोनका लागि यहाँ रु ८९ लाख १९ हजार आए पनि अनुदानमा आधारित कार्यक्रम भने रु ६२ लाखको छ । अहिले उक्त कार्यक्रमका लागि किसानबाट निवेदन सङ्कलन भएको र एक हप्ताभित्रमा छनोट गरेर कार्यक्रम अघि बढाइने जनाइएको छ । कार्यक्रम सञ्चालन गर्न बालिका गिरीको नेतृत्वमा सञ्चालक समिति बनाइएको छ । कृषि जोनले किसानलाई प्रोत्साहन गर्न सहयोग मिल्ने स्थानीयवासी विजय भुसालले बताउनुभयो । रासस 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको