Like us!
Follow us!
Connect us!
Watch us!

घरमै बसेर सेयर कारोबार, तीन महिनामा सुरु हुँदैछ अनलाइन ट्रेडिङ

शुक्रबार, ०८ बैशाख २०७४, १२ : ३७ मा प्रकाशित

घरमै बसेर सेयर कारोबार, तीन महिनामा सुरु हुँदैछ अनलाइन ट्रेडिङ

अर्थ संसार 

काठमाडौं – सेयर कारोबार गरिरहनु भएको छ, सेयर दलाल कहाँ जाँखा जाँदा हैरान हुनुहुन्छ वा कारोबार प्रणाली असाध्यै झन्भट लागेको छ भने अब चिन्ता नलिनसु । अब तपाईले घरमा नै बसेर सेयर कारोबार गर्न सक्नुहुनेछ ।

घरमै बसेर सेयर कारोबार गर्न स्क्ने व्यवस्थासहितको प्राणली नेपाल स्टक एक्चेन्जले परिक्षणमा ल्याएको छ । घरमै बसेर सहज रुमपा नै कारोबार गर्न सक्ने उक्त प्रणाली पूर्ण रुपमा सञ्चालनमा आएपछि इन्टरनेट उपलब्ध भएको स्थानबाट तपाईले सहजै रुपमा सेयर कारोबार गर्न, बजारको अवस्था हेर्न, मार्केट डेफ्थ थाहा पाउन सक्नुहुनेछ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को लागि स्वचालित अनलाइन कारोबार प्रणाली निर्माण गरिरहेको छ । अनलाइन प्रणाली अगाडि बढाउन वाइको प्रा.लिलाई नेप्से जिम्मेवारी दिएर काम लगाएको हो ।

प्रस्तावित प्रणालीको खाकाका बारेमा एक पटक सरोकार भएका निकाय र नेप्सेबीच छलफल भएको थियो । छलफलमा प्रस्तुत भएका खाका आधारमा प्रणालीलाई थप परिमार्जन गर्ने र आवश्यक सुधार सहित पुनः छलफलमा ल्याउने र लागू गर्ने तयारी गरिएको छ ।

वाइककोको तर्फबाट प्रणाली विकास व्यवस्थापक प्रदीप पद्मपाणीसहितको प्राविधिक टोलीले प्रस्तावित कारोबार प्रणालीका विविध पक्षमा नेप्सेका पदाधिकारी, उच्च व्यववस्थापन तथा कर्मचारीहरु समक्ष प्रस्तुती गरेको थियो ।

प्रस्तुतीका क्रममा टोलीले कारोबार, राफसाफ तथा फछ्र्यौट, सुपरिवेक्षण तथा अनुगमन, जोखिम व्यवस्थापन लगायत प्रस्तावित प्रणालीमा रहेका विशेषताहरु माथि प्रकाश पारेको नेप्सेका प्रवक्ता मुरहरि पराजुलीले जानकारी दिनुभयो ।

स्वचालित अनलाईन कारोबार प्रणाली निर्माण, स्थापना तथा सञ्चालनका विभिन्न चरणहरुमा गरिने कार्य हार्डवयर तथा सफ्टवेयरका बारेमा पनि टोलीले नेप्सेलाई जानकारी गराएको थियो । प्रस्तुतीकरण अघि नेप्सेका अध्यक्ष रामजी रेग्मीले भारतबाट आएका तथा वाइकोका स्थानीय प्राविधिकहरु लाई स्वागत गर्दै पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली स्थापना गर्ने झण्डै दुई वर्षभन्दा अघि देखिको प्रयासले मूर्त रुप लिन लागेकोमा खुशी व्यक्त गरे ।

‘यो प्रणाली सञ्चालनमा आएपछि नेपालको पुँजी बजार अझै गहिरो र व्यापक हुने विश्वास मैले लिइएको छ ।कार्यक्रममा नेप्सेका प्रमुख कार्यकारी अधिकृत श्री सीताराम थपलियाले मुलुकको आर्थिक उन्नतिका लागि पुँजी बजारको विकास अपरिहार्य रहेको औल्याउँदै बजारलाई आधुनिकीकरण गर्ने प्रक्रियामा नेप्से अगाडि बढेको बताए ।

‘पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली मुलुकको पुँजी बजारमा कोशेढुंगा साबित हुने विश्वास मैले लिएको छु,’ उनले भने । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको