Like us!
Follow us!
Connect us!
Watch us!

यसकारण छलाङ्ग हान्नेछ सेयर बजारले: एसपी चौलागाईको विश्लेषण

मंगलबार, ०५ बैशाख २०७४, १० : ३५ मा प्रकाशित

यसकारण छलाङ्ग हान्नेछ सेयर बजारले: एसपी चौलागाईको विश्लेषण

 

विगत केही महिना अघिदेखि सेयर बजारमा देखिएका उचारचढावले लगानीकर्ताहरुमा निराश छाएको छ । तर अब सेयर बजारले छलाङ्ग मार्नेछ । कारण यस्ता छन् । 

  •  २०७३ मङ्सिरमा  धितोपत्र बोडले ११ बुँदामा कार्यनीतिका योजनाहरु तयर गरी कछुवाकै गतिमा भएपनी कार्यान्वयनमा ल्याउन थालेको छ । यसको सेयर बजारमा परेको सकारात्मक प्रभाब ।

  •  छिटै नेप्सेले नयाँ सफट्वेर कार्यान्वयनमा ल्याउने तयारीमा छ । यस्तै सफ्टवेरको प्रयोगले बिदेशी अन्य देशहरुमा नेप्सेमा ३/४ गुणा सम्म नेप्से परीसुचकमा बृद्धिभएको ईतिहास छ ।

  •  काठमाण्डौँ बाहिर मोफसलका सहरहरुबाट पनि सेयर कारोबार सुरु भैसकेको छ र ब्रोकर कम्पनीहरुको शाखा  बिस्तारमा  द्रृत गति लिने तयारीमा छ । जसको प्रभाब नेपाली सेयर मार्केटमा देखीन लागीसकेको छ ।

  •  भारतीय ५००/१००० दरका नोटको प्रतिबन्धले सेयर बजार ओरालो लागेको थियो । अब उक्त नोट सटहीभई अर्थ तन्त्रमा टेवा पुग्नेछ ।

  • आर्थिक बर्षको अन्तयमा आँखामा छाँरो हालेरै भएपनि बिकासका योजनाले मूर्तरुपलिने छन् र बिनीयोजित रकम निकासा भई आर्थिक गतिविधि बढ्ने छ ।

  •  यो बर्ष आर्थिक बृद्धिदर एक दशकै बढी देखाएको छ । यसले अर्थतन्त्रमा सकारात्मक भूमीका खेल्नेछ ।

  •  यस बर्ष सम्पुर्ण वित्तीय संस्थाको आर्थिक बिबरण बिगत बर्षको तुलनामा उलेख्य राम्रो र कुनै कुनै कम्पनीको कमाई दोब्बर नै देखीएकोछ ।  यो एकदम भहत्वब पूर्ण कुरा हो पूँजिबजारको लागि ।

  • अहिले सेयर बजार स्थानीय चुनाबी माहोलले उकालो लागेको हो । चुनाबपछि संविधानको कायान्वयनका साथै आर्थिक सुशासन र विकास निर्माणले देशमा गति लिने छ । 

  •  प्रमुख तिन पाटीको एउटै आर्थिक एजेन्डा हालै सम्पन्न  नेपाल लगानी संम्मेलनले नेपाली गगन् मण्डलमा देखिएको आर्थिक क्रान्तिको सुनौला किरणहरु जसले रोजगारीको सृर्जना र आर्थिक संमृद्धिमा कायापलट गर्ने संम्भाबनाहरु रहेको छ ।

  •  अर्थ मन्त्रीले भने अनुसार ब्रेकथ्रु भएर आउने  नयाँ बजेटको सकारात्मक प्रभाब, आर्थीक सुशासन र संङ्घीयता कार्यानवयनको प्रभाब ।

  • आर्थिक अभाबको प्रपोकाण्डाको अन्त्य र बैंकको निच्छेप संकलनको ब्याजदर घट्नुका साथै ऋणमा पनि ब्याजदर घट्ने संम्भाबना । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको