Like us!
Follow us!
Connect us!
Watch us!

रैराङ हाइड्रको १४ लाख कित्ता सेयर आउँदै

विहीबार, ३१ चैत्र २०७३, १८ : ३१ मा प्रकाशित

रैराङ हाइड्रको १४ लाख  कित्ता सेयर आउँदै

अर्थ संसार 
काठमाडौँ–प्रतिशत बराबरको कार्यसम्पादन सम्पन्न भएको रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले रु १४ लाख  बराबरको  सेयर स्थानीयबासीका लागि जारी गर्ने भएको छ ।


कम्पनीले स्थानीयको लागि ५ लाख ६० हजार कित्ता र सर्वसाधारणको लागि ८ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि जारी गर्ने भएको हो ।९.९ मेगावाटको इवा खोला हाइड्रोइलेक्ट्रिक पावर आयोजना निर्माण गरिरहेको कम्पनीले यो आयोजनाको लागि नै पुँजी संकलन गर्न लागेको जनाएको छ ।

। जुलाई २०१८ मा आयोजना सञ्चालन गर्नुपर्ने भएको कम्पनीले ६५ प्रतिशत कर्जा र ३५ प्रतिशत सेयर लगानीमा आयोजना निर्माण गरिरहेको हो । आयोजनाको प्रक्षेपित लागत रु १ अर्ब ६० करोड  रहेको छ ।

आयोजनाको अवस्था प्रारम्भिक चरणमा नै छ । लगभग २४ प्रतिशत रकम खर्च भइसकेको छ । कम्पनीबाट उत्पादित विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोड्ने गरि नेपाल विद्युत प्राधिकरणले १ सय ३२ केभिएको प्रशारण लाइन निर्माण गरिरहेको छ ।

तर, प्राधिकरणले यसअघि पनि बिभिन्न लाइनको निर्माणमा ढिलाई गरिरहेकोले यस आयोजना समयमै सञ्चालनमा आउनेमा दुविधा भने रहेको छ । कम्पनीमा रहेका संस्थापक समूहका अन्य १४ मेगावाट बराबरका आयोजना पनि छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको