Like us!
Follow us!
Connect us!
Watch us!

अपिको विशेष साधारणसभा आज, यस्ता छन छलफलका विषयहरु

सोमबार, २८ चैत्र २०७३, ०९ : ०१ मा प्रकाशित

अपिको विशेष साधारणसभा आज, यस्ता छन छलफलका विषयहरु

अर्थ संसार 
काठमाडौं– अपि पावर कम्पनी लिमिटेडको विशेष साधारणसभा आज हुँदै छ । कम्पनीको २०७३/११/१७ गते बसेको संचालक समितिको बैंकको निर्णय बमोजिम दोस्रो विशेष साधारणसभा हुन लागेको हो ।

साधारणसभा ट्रेड टावर नेपाल (दोस्रो तल्ला) थापाथली, काठमाडौंमा अपरान्न १ बजेदेखि सुरु हुने कम्पनीले जनाएको छ । 

छलफलका विषयहरु 

  • अपि पावर कम्पनी लिमिटेडको हालको सेयर संख्या  १०५००००० कित्ता रहेको छ यसमा विद्यमान १ सेयर बराबर २ सेयरका दरले हकप्रद सेयर निस्काशन गर्ने । प्रस्तावित हकप्रद सेयर निस्काशन बाट प्राप्त हुने जम्मा रकम रु २१० करोड मध्ये रु १०० करोड सिद्धकाली पावर लिमिटेडमा र ११० करोड कम्पनीले निर्माण गर्ने विभिन्न सोलार आयोजनाहरुमा लगानी गर्ने सम्बन्धमा । 

  • अपि पवार कम्पनीको हालको चुक्ता पूँजी रु १०५ करोड र जारी पूँजी रु ३०० करोड रहेकोमा पूँजी बृद्धि गरी जारी पूँजी  रु ४०० करोड कायम गर्ने सम्बन्धमा । 

  • कम्पनीको पूँजी संरचनामा परिवर्तन भएको हुँदा सो अनुकुल हुनेगरी प्रबन्धपत्रमा संशोधन गर्ने तथा सो सम्बन्धी कार्य गर्नै अख्तियारी संचालक समितिलाई दिने सम्बन्धमा । 
     

58eafb7a2c58b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको