Like us!
Follow us!
Connect us!
Watch us!

भात खाने बानीले नेपाल परनिर्भर बन्दै, १६ अर्बको चामल आयात

आइतबार, २७ चैत्र २०७३, १८ : ३९ मा प्रकाशित

भात खाने बानीले नेपाल परनिर्भर बन्दै, १६ अर्बको चामल आयात

अर्थ संसार 
काठमाडौं – नेपालीलाई भात नै खानुपर्ने बानीका कारण मुलुक दिन प्रतिदिन परनिर्भर बन्दै गएको छ । मुलुकको धान खेत बाँझो छन्, दैनिक एक हजार पाँच सय नेपाली वैदेशिक रोजगारीका लागि भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिइरहेका छन् ।

युवा नहुँदा वर्षेनी उत्पादकत्व घट्दै गएको छ । जसका कारण नेपाली प्रतिदिन परनिर्भर बन्दै गएको डरलाग्दो तथ्याङक सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको आठ महिनाको तथ्यांकअनुसार नेपालीको भात खाने बानीका कारण रु १६ अर्ब २१ करोड बराबरको चामल आयात भएको छ ।

भात खानेबानीले नेपालीलाई परनिर्भर बढाउदै लगेको छ । राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत फागुन मसान्तसम्ममा भात खानको लागि मात्र रु १६ अर्ब २१ करोडको चामल भारतबाट आएको छ । अघिल्लो वर्ष सोही अवधिमा रु १३ अर्ब ४३ करोडको चामल आयात भएको थियो ।

बैंकका अनुसार गत आठ महिनामा भारतबाट मात्रै रु ७ अर्ब ८८ करोडको तरकारी आएको छ । यस्तै फलफुल मात्र भारतबाट हामीले ८ महिनामा रु ३ अर्ब ३७ करोड आयात भएको बैंकले जनाएको छ । बैंकका अनुसार सो अवधिमा नेपालबाट वस्तु आयातको लागि रु ६ खर्ब २८ अर्ब रकम बाहिरिएको छ । तर निर्यातबाट रु ४८ अर्ब रुपैयाँ भित्रिएको छ ।

चालु आवको आठ महिनामा रु ५५ अर्ब ७२ करोडको गाडी आयात भएको छ । आयात अत्याधिक बढेका कारण व्यापार घाटा रु ५ खर्ब ८० अर्ब पुगेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको