Like us!
Follow us!
Connect us!
Watch us!

पर्वत प्रशासनका सेवा अब मोबाइलमै

शुक्रबार, २५ चैत्र २०७३, १० : ३९ मा प्रकाशित

पर्वत प्रशासनका सेवा अब मोबाइलमै

अर्थ संसार 

फलेवास (पर्वत) - सर्वसाधारण जनतामाझ सूचना र प्रविधिको पहुँच पुगेसँगै जिल्लास्थित सरकारी कार्यालय पनि प्रविधिमैत्री बन्दै गएका छन् । गाउँगाउँमा इन्टरनेट सुविधा पुगेसँगै नागरिककै सहजताका लागि सरकारी कार्यालयले पनि प्रविधिमैत्री सेवा प्रवाह थालेका हुन् । 

जिल्लामा नै पहिलोपटक डिजिटल नागरिक बडापत्र सञ्चालन गरेको जिल्ला प्रशासन कार्यालयले मोबाइल एप्स पनि सार्वजनिक गरेको छ । नागरिकलाई कार्यालयले प्रवाह गर्ने सेवा र लिने तरिका तथा लाग्ने प्रक्रियाका बारेमा एप्समा जानकारी समावेश गरिएको छ । कार्यालयले यसअघि सञ्चालनमा ल्याएको नागरिक मैत्री डिजिटल बडापत्र पनि यसमा राखिएको छ । 

त्यस्तै, नागरिकता, राहदानी, जिल्लाको सुरक्षा व्यवस्थापन र सामाजिक गतिविधि, स्थानीय प्रशासनले प्रदान गर्ने सेवा र कार्य, जिल्लाको विकास गतिविधि, धार्मिक तथा पर्यटकीयस्थलका बारेमा जानकारी, महत्वपूर्ण सम्पर्क, सूचना तथा समाचार पनि उक्त एप्समा उल्लेख गरिएको प्रजिअ शम्भुप्रसाद मरासिनीले जानकारी दिनुभयो । 

एप्समा प्रशासन कार्यालयमा कार्यरत कर्मचारीको विवरणसहित नागरिकतासम्बन्धी संवैधानिक व्यवस्था, सिसिटिभी क्यामेरा जडान प्रक्रिया, राहदानी, पेन्सन, पत्रपत्रिका दर्तालगायत सेवासुविधा लिने प्रक्रियासमेत उल्लेख गरिएको छ । 

त्यस्तै, जिल्लामा कार्यरत वडा सचिवको जानकारी पनि राखिएको छ । यसले जनतालाई सेवासुविधा लिन तथा सुशासन कायममा भूमिका खेल्ने प्रजिअ मरासिनीले बताउनुभयो । नागरिकलाई दु्रतसेवा दिन पनि यसले सहयोग गर्ने उहाँको भनाइ छ । 

साथै उहाँले यस एप्समार्फत सरकारी सेवा लिनका लागि आवश्यक पर्ने कागजात र प्रक्रिया उल्लेख गरिएको हुँदा ग्रामीण क्षेत्रका बासिन्दाले एकै दिनमा सेवा लिन सक्ने जनाउनुभयो । कार्यालयले यो एप्सलाई डाउनलोड गरी आवश्यक जानकारी लिनसक्ने जनाइएको छ । यो एप्स एन्ड्रोइड मोबाइलमा मात्र डाउनलोड हुनेछ । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको