अर्थ संसार 
भोजपुर– भोजपुरको ट्याम्केमयुङ्ग गाउँपालिकामा रहेको वाचिम्ले लघु जलविद्युुत परियोजनाको सेयर खुला गरिएको छ । 
वाचिम्ले खोलाबाट उत्पादन हुन लागेको लघु जलविद्युुत स्थानीयको मागअनुसार सेयर खुल्ला गरिएको हो । 
सेयर लिन इच्छुकले न्यूनतम प्रतिकित्ता रु एकसयको १० कित्तादेखि एक हजार सेयर कित्तासम्म लिन पाउने भएका छन् । चालिस किलोवाट क्षमता रहेको परियोजना आगामी वैशाख मसान्तदेखि सञ्चालनमा आउने भएको हो । 
परियोजना निर्माणका लागि हाउजिङ एन्ड हाइड्रो कम्पनी प्रालिले रु ७१ लाख ५१ हजारमा ठेक्का लिएर निर्माण कार्य थालेको छ । यतिबेला ठाउँठाउँमा पोल गाड्ने काम भइरहेको छ । 
सोलार र दाउराको उज्यालोमा बस्न बाध्य यहाँका स्थानीय विद्युत् आउने भएपछि निकै खुसी छन् । विद्युत विस्तार भएपछि स्थानीयस्तरमा रहेका कुटानीपिसानीसमेत सहज हुने र कुटानीपिसानीको खर्च समेत कम हुने स्थानीय प्रेम खवासले बताउनुभयो । रासस 
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस