Like us!
Follow us!
Connect us!
Watch us!

अझै २९ प्रतिशतको डिम्याट खाता छैन,धितोपत्र बोर्ड र नेप्सेले ध्यान दिन सकेन, साना लगानीकर्ता मारमा

बुधबार, २३ चैत्र २०७३, १४ : ०८ मा प्रकाशित

अझै २९ प्रतिशतको डिम्याट खाता छैन,धितोपत्र बोर्ड र नेप्सेले ध्यान दिन सकेन, साना लगानीकर्ता मारमा

अर्थ संसार 

काठमाडौं–नेपाल धितोपत्र बोर्डले सेयर कारोबारलाई अभौतिक बनाएपनि हालसम्म २९ प्रतिशत भन्दा बढी सेयर लगानीकर्ताले डिम्याट खाता खोलेका छैनन् । अभौतिक (डिम्याट) सेयर कारोबार सुरु गरेको एक वर्ष बित्तिसक्दा पनि करिब ७५ हजार सेयर अझै डिम्याट हुन नसकेको हो ।

सबै लगानीकर्तालाई डिम्याट खाता खोल्ने बारेमा राम्रोसँग जानकारी गराउन नसक्दा २९ प्रतिशत लगानीकर्ता अझैपनि खाताको पहुँचमा पुग्न नसकेका हुन् । तर उनीहरुलाई कसरी खाता खोल्न लगाउने र त्यसको लागि के गर्ने भन्ने बारेमा न त धितोपत्र बोर्डले बोलेको छ न त अन्य निकायले नै लगानीकर्तालाई जानकारी गराएको छ ।

डिम्याट खाता नहुँदा सानो लगानी गर्ने सेयरधनी नै बढ्ता मारमा परेका छन् । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत २ अर्ब ५८ करोड ५८ लाख ६९ हजार सेयरमध्ये १ अर्ब ८३ करोड ९६ लाख १४ हजार सेयर डिम्याट भएको छ । यो संख्या सूचीकृति सेयरको करिब ७१ प्रतिशत हो ।अन्य लगानीकर्तालाई समेत डिम्याट खाता खोल्न लगाउने बारेमा सामान्य परामर्श मात्रै भएको नेप्सेले जनाएको छ ।

अर्थ मन्त्रालयको निर्देशमा ०६४ सालदेखि सेमी अटोमेसनमा कारोबार हुँदै आएको धितोपत्र बजारलाई फूल अटोमेसनमा लैजान ०७२ साल माघ १ गतेदेखि अभौतिक सेयर कारोबार सुरु गरिएको थियो । बजारलाई अन्तर्राष्ट्रिय क्षेत्रको मापदण्डमा पुर्याउनका लागि सुरु गरिएको प्रणालीमा ठूलो संख्या नै समाहित हुन नसक्नु दुःखद रहेको सेयर दलालहरुको भनाइ छ ।

बजारलाई सुरक्षित बनाइ सुरक्षित र सहज बनाउन बोर्डले अभौतिक कारोबारको सुरुवात भएको थियो । अभौतिक कारोबार सुरु भएसँगै सेयरधनीसँग भएको सेयर प्रमाणपत्र प्रयोगविहीन भएका छन् । बजारमा प्रमाणपत्रमार्फत कारोबार हुँदैन । तर, सेयर  कारोबार गर्न नचाहने लगानीकर्ताले सेयर अभौतिक नगराएको  हुनसक्ने आशंका पनि गरिएको छ ।

 पूर्ण अभौतिक हुन समय लाग्ने र विस्तारै सबै सेयर अभौतिक हुनेमा नेप्से ढुक्क रहेको छ । नेप्सेका महाप्रबन्धक सिताराम थपलिया सबै सेयर केही समयपछि नै अभौतिक हुनेमा आफू विश्वस्त रहेको बताउँछन् । केही सेयरधनी नेपाल बाहिर छन् भने कतिलाई यस विषयमा जानकारी नभएर पनि अभौतिक  नभएको हुनसक्ने उनको भनाइ छ । केही कम्पनीका प्रमोटर सेयरहरू डिम्याट हुन बाँकी रहेको बताए ।

यस्ता सेयर अभौतिक नहुँदा पनि बजारलाई खासै असर नपर्ने उनका तर्क छ ।  प्राय प्रमोटर सेयर बजारमा खरिद बिक्री नहुने भएकाले अभौतिक नहुँदा पनि फरक पर्दैन । गत वर्षदेखि नै बोर्डले डिम्याट कारोबारलाई अनिवार्य गरे पनि ०७३ साल साउन १ गतेदेखि मात्रै लगानीकर्ताका लागि डिम्याट खाता अनिवार्य गरेको हो । 

बोर्ड सुरुवातमा काठमाडौं उपत्यकाभित्र सेयरका लगानीकर्ताको लागि डिम्याट खातालाई बाध्यकारी बनाएको थियो । वास्तविक लगानीकर्ताको पहिचान गर्नका लागि र सेयर कारोबारलाई पारदर्शी बनाउन बोर्डले डिम्याट खाता अनिवार्य गरेको हो । त्यस्तै, गत माघ १ गतेदेखि उपत्यका बाहिरका लगानीकर्ताका लागि पनि डिम्याट खाता अनिवार्य गरिएको हो ७ लाख ८८ हजार ३ सय ३८ डिम्याट खाता खोलिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको