Like us!
Follow us!
Connect us!
Watch us!
लेखा समितिमा पदाधिकारीले भने आयोजना चलाउन सेयर नै उत्तम विकल्प

मेलम्ची खानेपानी आयोजनाले पनि सेयर जारी गर्ने तयारी

बुधबार, २३ चैत्र २०७३, १३ : ११ मा प्रकाशित

मेलम्ची खानेपानी आयोजनाले पनि सेयर जारी गर्ने तयारी

अर्थ संसार 
काठमाडौं– बहुप्रतिक्षीत मेलम्ची खानेपानी आयोजनाको प्रमुख काम आगामी दर्श अगाडि नै सम्पन्न हुने भएको छ । आयोजनाको कुल चार किलोमिटर भन्दा कम मात्रै सुरुङ खन्न बाँकी रहेको छ । बाँकी रहेको सुरुङ आगामी साउन भित्रै सम्पन्न हुने जनाइएको छ ।

आयोजना सम्पन्न हुन थालेपछि विभिन्न क्षेत्रबाट त्यसको प्रशसा मात्रै भएको छैन , सेयर समेत उपभोक्तालाई दिनुपर्ने माग पनि उठ्न थालेको छ । संसदको लेखा समितिको बैठकमा आयोजनाका पदाधिकारीले नै आयोजनाको सेयर आम नागरिकलाई दिन सकियो भने व्यवस्थापन गर्न र चलाउन सहज हुने मनसाय व्यक्त गरेका थिए ।

नागरिकलाई आयोजनाप्रति अपनत्व गराउन पनि सेयर वितरण गर्नु जरुरी रहेको पदाधिकारीको भनाइ छ । तर यसबारे निर्णय गर्ने निकायको रुमपा रहेको खानेपानी तथा सरसफाई मन्त्रालयले भने हालसम्म मुख खोलेको छैन ।

आयोजनाका प्रमुख घनश्याम भट्टराईले आयोजनालाई दीर्घकालीन बनाउन र सक्षम रप्मा चलाउने वातावरण बनाउनका लागि जनतालाई सेयर दिनु जरुरी रहेको बताए । उनले भने सेयर वितरण गरियो भने आयोजनाको व्यवस्थापन तथा सञ्चालनमा समेत सहज हुन्छ, हामी यसतर्फ लागौ ।

आयोजना सम्पन्न भएपछि राजधानीमा दैनिक १७ करोड लिटर पानी आपूर्ति हुन्छ । साँझ र विहान गरी राजधानीबासीलाई खानेपानी उपलब्ध गराउन सकिन्छ । आयोजना प्रमुखकाअनुसार करिब ७० प्रतिशत सेयर सरकारले नै राखेर ३० प्रतिहत जति सेयर उपभोक्तालाई दिन सकिन्छ ।

तर त्यसको मोडालिटी के हुने र कसरी अगाडि बढ्ने भन्ने बारेमा भने सरकारले नै निर्णय गर्नु पर्दछ । एसियाली विकास बैंकले लगानी गरेको आयोजना सम्पन्न भएपछि लार्के र याङग्रीको पानी पनि राजधानी ल्याउने तयारी भएको छ ।

एडिबीले थप लगानी गर्ने संकेत हाल निर्माण भइरहेको आयोजना सम्पन्न भएपछि एसियाली विकास बैंकले थप पानी ल्याउनका लागि थप लगानी गर्ने बताएको छ । सो सम्मबन्धमा एकसरो छलफल भइरहेको र आगाम दुई वर्षभित्र निर्माण प्रक्रिया नै सुरु गर्ने तयारी छ । एडिबीले त्यसको सम्पूर्ण तयारी गर्न खानेपानी तथा सरसफाई मन्त्रालयलाई समेत आग्रह गरेको छ ।

बैंकका तत्कालीन देशीय प्रतिनिधि केनिची योकोहामाले पनि थप लगानी गर्न बैंक उत्साहित भएको बताएका थिए । सो आयोजना पनि अगाडि बढेको खण्डमा काठमाडौँमा दैनिक ३४ करोड लिटर पानी आयात हुने छ । हाल रु एक खर्ब ५० को हाराहारीमा लगानी भइसकेको आयोजनामा दोस्रो चरणको लगानी गर्दा थप ५० अर्ब भन्दा बढी खर्च हुनेछ ।

सरकारसँग भएको सम्झौताअनुसार आगामी ३२ वर्षभित्र एडिबीको ऋण तिरिसक्नुपर्ने छ । ऋण तिर्नका लागि पनि सेयर उठाउनु उत्तम विकल्प हुने आयोजनाका पदाधिकारीको भनाइ छ । लेखा समितिका सभापति डोरप्रसाद उपाध्यायले आयोजनाको सो प्रस्तावका बारेमा समितिले आवश्यक छलफल गर्ने र सरकारलाई सुझाव दिने बताएका छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको