Like us!
Follow us!
Connect us!
Watch us!

बैदेशिक लगानी आकर्षित गर्न नीतिगत सुधार गरिने

सोमबार, २१ चैत्र २०७३, ११ : ३० मा प्रकाशित

बैदेशिक लगानी आकर्षित गर्न नीतिगत सुधार गरिने

अर्थ संसार
काठमाडौं–वैदेशिक लगानी अकर्षित गर्न नीतिगत सुधारका साथै प्रकृयागत सुधारलाई समेत अघि बढाउने निष्कर्ष उच्च स्तरिय वैदेशिक लगानी अनुगमन तथा समन्वय समितिले निकालेको छ । 

समितिका संयोजक उद्योग मन्त्री नवीन्द्रराज जोशीको अध्यक्षतामा आईतवार बसेको बैठकले वातावरण सम्वन्धी मुल्याङ्कन प्रक्रिया प्रारम्भिक वातारणीय परिक्षण र वातावरणीय प्रभाव मूल्याङ्कनलाई सरलिकृत बनाउने र अन्तर मन्त्रालयबीचको समन्वयलाई प्रभावकारी रुपमा अगाडि बढाउने निष्कर्ष समेत निकाल्यो ।

बैठकमा उद्योग मन्त्री नवीन्द्रराज जोशीले एक महिना अगाडी काठमाडौंमा सम्पन्न अन्तराष्ट्रिय लगानी सम्मेलनबाट अन्तराष्ट्रिय जगतमा नेपाल प्रत्यक्ष बैदेशिक लगानी  भित्र्याउन तयार छ भन्ने सन्देश गएको बताए ।

 सम्मेलनमा र सम्मेलनपछिका दिनमा नेपालमा लगानी गर्न विदेशी लगानीकर्ताहरुको जुन किसिमको उत्साह र चासो देखिएको छ त्यै अनुरुपको चासो र उत्साह नेपालका नीजि क्षेत्रमा नदेखिनु दुखद भएको भन्दै मन्त्री जोशीले सम्मेलनमा व्यक्त प्रतिवद्धताहरुलाई व्यवहारमा उतार्न सकारात्मक ढंगले सरकारसँग हातेमालो गरेर अगाडी बढ्न नेपालको नीजि क्षेत्रलाई अग्रह गरे । 

बैठकमा उद्योग मन्त्रालयका सचिव शंकरप्रसाद कोईरालाले वैदेशिक लगानी भित्र्याउने प्रकृयालाई सरलिकृत गरी कार्यान्वयन चरणमा लैजान उद्योग मन्त्रालयले कार्य सुरु गरिसकेको बताए ।

पर्यटन मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले वन र वातावरणको संरक्षण गर्दै हाम्रा नीति नियमहरुलाई लगानी मैत्री बनाउन जरुरी रहेको बताए ।  कतिपय परियोजनाहरु सरकारकै नीतिगत अस्पष्ठताका कारण कार्यान्वयन तहमा जान ढिलाई भईरहेको भन्दै उनले दोस्रो अन्तराष्ट्रिय विमानस्थल कुन मोडलमा बनाउने भन्नेमा अन्यौल रहेको बताए ।

वैठकमा लगानी वेर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले लगानी सम्मेलनमा व्यक्त अशय पत्रलाई व्यवहारिक रुपमा कार्यान्वयनमा लैजान प्रोजेक्ट बैंक उप समितिले काम अगाडी बढाईसकेको बताए ।

निज क्षेत्रका तर्फबाट धारणा राख्दै नेपाल उद्योग वाणिज्य महासँघका अध्यक्ष पशुपति मुरारका, नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा र नेपाल चेम्वर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले निश्चित समय सीमा तोकेर लगानी सम्मेलनमा लगानीका लागि आशय पत्र व्यक्त गर्ने लगानी कर्ताहरुलाई नेपालको कानुन अनुसार यो यो सुविधा उपलब्ध छ र उनीहरुको अपेक्षा के हो भन्ने बिषयमा पत्राचार गर्नु जरुरी रहेको बताए ।  

उद्योग मन्त्री नवीन्द्रराज जोशीलाई आजै वन कृषि र खनिजमा अधारित उद्योगहरुको सम्भाव्यतावारे अध्ययन गर्न गठित समितिले उसको प्रारम्भिक प्रतिवेदन हस्तान्तरण गरेको छ ।

पूर्वसचिव डा। स्वयम्भुमान अमात्यको सो समितिलाई वन ,कृषि र खनिजमा आधारित उद्योगको सम्भाव्यता, कच्चा पदार्थको उपलब्धता, त्यस्ता उद्योगहरु वन्द हुनाका कारण नीतिगत सुधारको अवश्यकता र उत्पादित बस्तुको बजारिकरणका लागि सरकारले गर्नुपर्ने कार्यहरुका वारेमा विस्तृत अध्ययन गरी प्रतिवेदन पेश गर्ने कार्य दिशा थियो । 

यो पनि पढ्नुहोस्

रिडी हाइड्रोपावरले भोलीबाट बोनस बाँड्ने 

एमालेको अमेरिकास्थित भातृ संगठन प्रवासी नेपाली मञ्चको अध्यक्षमा थापा निर्वाचित 

असुरक्षाका कारण एनजीओकर्मीले गाउँ छाडे 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको