Like us!
Follow us!
Connect us!
Watch us!

एमालेको अमेरिकास्थित भातृ संगठन प्रवासी नेपाली मञ्चको अध्यक्षमा थापा निर्वाचित

सोमबार, २१ चैत्र २०७३, ०९ : ५२ मा प्रकाशित

एमालेको अमेरिकास्थित भातृ संगठन प्रवासी नेपाली मञ्चको अध्यक्षमा थापा निर्वाचित

अर्थ संसार
बाल्टिमोर (अमेरिका)– प्रवासी नेपाली मञ्च अमेरिकाको सम्मेलनबाट अध्यक्षमा प्रभु थापा विजयी भएका छन् । थापा यसअघि  महासचिव थिए । उनले मञ्चका संस्थापक जनक रानालार्इ पराजित गरेका हुन् । थापाले ८५ मत प्राप्त गरे ।

उनका प्रतिस्पर्धी रानाले ५६  मत प्राप्त गरेका थिए । मञ्चका १६३ प्रतिनिधिमध्ये १४३ मत खसेको थियो । त्यसअध्ये २ मत बदर भएको थियो । 

यसैगरी वरिष्ठ उपाध्यक्षमा टेक गुरूङ निर्वाचित भए । उनले प्रितिसागर खत्रीलार्इ पराजित गरेका हुन् । गुरूङले ७७ मत प्राप्त गरे भने खत्रीले ६४ मत प्राप्त गरेका थिए । यसैगरी क्षेत्रीय उपाध्यक्षमा टेक्सासकी यमुना भट्टरार्इ विजयी भइन् ।६४ मत प्राप्त गरेकी भट्टरार्इले ५६ मत प्राप्त गरेका कमल ओझा र १९ मत प्राप्त गरेका सुशील क्षेत्रीलार्इ पराजीत गरिन्।

मञ्चको महासचिवमा न्युयोर्कका राधाकृष्ण देउजा विजयी भए । ७६ मत प्राप्त गरेका देउजाले आफ्ना प्रतिस्पर्धी  शंकर पन्तको ६३ मतभन्दा १३ मत बढी ल्याए ।  देउजा यसअघि मञ्चको न्युयोर्क च्याप्टरका अध्यक्ष थिए भने पन्त निवर्तमान कोषाध्यक्ष हुन् ।

यसैगरी उपमहासचिवमा कृष्णराज लामिछाने ९४  मत ल्याएर विजयी भए । उनले आफ्ना निकतम प्रतिस्पर्धी देवीप्रसाद पाण्डेलार्इ पराजीत गरेका हुन् । पाण्डेले ४५ मत ल्याएका थिए । हेमन्त भेटुवाल आफ्ना प्रतिस्पर्धी तिर्थ विश्वकर्मालार्इ किनारा लगाउँदै मञ्चको कोषाध्यक्षमा निर्वाचित भए । भेटुवालले ८४ मत ल्याएका थिए भने विश्वकर्माले ५६ मत मात्र ल्याए ।

अघोषितरूपमा प्यानल नै बनाएर भएको चुनावमा मिश्रित परिणाम आयो । अध्यक्षमा  प्रभु थापा विजयी भए पनि वरिष्ठ उपाध्यक्षमा राना प्यानलका टेक गुरूङ विजयी भए । महासचिवलगायत अन्य अधिकांश पदाधिकारीमा पनि थापा समूहकैले बाजी मारे ।

सहमतिमा नयाँ नेतृत्व चयन गर्नका लागि नेपालबाट आएका एमाले नेताहरू र अमेरिकामा रहेका अगुवाहरूले प्रयत्न गरे पनि सम्भव भएन । एमालेको केन्द्रमा रहेको गुटगत राजनीतिको छायाँ परेका कारण सहमति हुन नसकेको बताइयो । संङका निवर्तमान अध्यक्ष सञ्जय थापाले आफूलार्इ दाहेोर्याउन नचाहेको र वरिष्ठ उपाध्यक्ष वाला घिमिरेले प्रत्यक्ष रूपमा पार्टीगत राजनीति नगर्ने सोचका साथ पछि हटेपछि थापा र रानाबीच नेतृत्वका लागि चुनाव भएको थियो ।

मञ्चको दोस्रो साधारणसभाको शनिबार एक समारोहबीच मेरिल्याण्डको बाल्टिमोरमा एमाले सचिव तथा संगठन विभाग प्रमुख पृथ्वी सुब्बा गुरूङले गरेका थिए । समारोहमा एमाले नेताहरू युवराज कार्की र खगराज अधिकारी पनि अतिथिका रूपमा सहभागी भएका थिए । कार्की अमेरिका विभाग प्रमुख हुन्।

प्रवासी नेपाली मञ्च प्रवासमा रहेका एमाले समर्थक एवं शुभचिन्तकहरूको भातृसंस्था हो । अमेरिकालगायत विश्वका धेरै मुलुकमा यो संस्थाको सञ्जाल रहेको छ । प्रवासी नेपाली मञ्च अमेरिका अमेरिकामा रहेका एमाले समर्थक एवं शुभचिन्तकहरूको संस्था हो । यो अमेरिकाका २२ राज्यमा फैलिएको बताइन्छ ।

यसअघि न्युयोर्कमा भएको प्रथम अधिवेशनमा उपाध्यक्ष बाहेक अन्य सबै पदमा निर्विरोध नेतृत्व चयन भएको थियो । मञ्चका अन्य पदाधिकारी र सदस्यहरु भने निर्बिरोध भएको ह्वाइट हिमाल अनलाइनले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको