Like us!
Follow us!
Connect us!
Watch us!

छिटो लिनुहोस् साना किसानको लाभांश, नत्र जाला लगानीकर्ता संरक्षण कोषमा !

निशा हुमाँगाई

मंगलबार, ३० असार २०७७, ०६ : ०१ मा प्रकाशित

छिटो लिनुहोस् साना किसानको लाभांश, नत्र जाला लगानीकर्ता संरक्षण कोषमा !

अर्थ संसार,काठमाडाैं - साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरुलाई विगत पाँच वर्ष भन्दा पुरानो लाभांश लिन आह्वान गरेकाे छ । संस्थाले एक सूचना जारी गर्दै ५ वर्ष यताको लाभांश लिन बाँकी रहेका शेयरधनी वा हकवालाहरुलाई लाभांश संकलन गर्न बाेलाएकाे हाे ।

शेयरधनीहरुले संस्थाकाे शेयर नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडमार्फत भौतिक शेयर प्रमाणपत्र तथा नगद लाभांश पुर्जा संकलन गर्न सक्नेछन् । सूचना प्रकाशन भएकाे मितिले एक महिनाभित्र लाभांश संकलन नगरेमा उक्त रकम स्वत: लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने संस्थाले जनाएको छ । तसर्थ, संस्थाले शेयरधनीहरूलाई लगानीकर्ता संरक्षण कोषमा जम्मा हुनु पहिला नै लाभांश संकलन गर्न आग्रह गरेको छ ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको