Like us!
Follow us!
Connect us!
Watch us!

झिनाे अंकले बढ्यो नेप्से, १ अर्ब  माथिकाे काराेबार

निशा हुमाँगाई

सोमबार, २९ असार २०७७, १५ : ०५ मा प्रकाशित

झिनाे अंकले बढ्यो नेप्से, १ अर्ब  माथिकाे काराेबार

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) शेयर कारोबार मापक नेप्से परिसूचक २.१२ अंकले बढेकाे छ । स्टकका अनुसार साेमबार शेयर बजार २.१२ अंकले बढेर एक हजार ३४२.४० मा पुगेकाे छ । नेप्से ०.१६ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ०.८१ अंकले बढेर २८२.२३ मा पुगेको छ ।

कूल १८४ वटा कम्पनीकाे ३७ लाख ३३ हजार ५०५ कित्ता शेयर खरिदबिक्री हुँदा  १ अर्ब ८ करोड ८७ लाख १६ हजार १ सय १८ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ८ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी ४ वटा उपसमूहकाे शेयर घटेकाे छ ।

साेमबार बैंकिङ १.१९ अंक, व्यापार १६.४३ अंक, विकास बैंक ३.०८ अंक, जलविद्युत १.६७ अंक, निर्जिवन लाइफ ४.५७ अंक, उत्पादन १४.०३ अंक, माइक्रोफाइनान्स ५१.३६ अंक र सामूहिक लगानी कोष समूह ०.२ अंकले बढेको छ ।

यस्तै, होटल १६.५ अंक, फाइनान्स ३.९७ अंक, अन्य ३.९ अंक र लाइफ इन्स्योरेन्स ५४.४५ अंकले घटेकाे छ ।

              हेराैं आजकाे शेयर तालिका :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको