Like us!
Follow us!
Connect us!
Watch us!

सुनकाे मूल्य थाेरै बढ्याे , कतिमा हुँदैछ काराेबार ?

निशा हुमाँगाई

सोमबार, २९ असार २०७७, १२ : २६ मा प्रकाशित

सुनकाे मूल्य थाेरै बढ्याे , कतिमा हुँदैछ काराेबार ?

अर्थ संसार, काठमाडौं – नेपाली बजारमा आज (साेमबार) सुनकाे मूल्यले उकालाे यात्रा तय गरेकाे छ ।

आइतबार ताेलाकाे १ सय रूपैयाँले घटेर  प्रतिताेला ९२ हजार १ सय रुपैयाँ कायम रहेकाे सुनकाे मूल्य साेमबार फेरि ताेलाकाे २ सय रूपैयाँले बढेर  प्रतिताेला ९२ हजार ३ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, साेमबार तेजावी सुनको भाउ पनि प्रतितोला ९१ हजार ८ सय ६५ रुपैयाँ निर्धारण गरिएको छ ।

त्यसैगरी, साेमबार पनि चाँदीकाे मूल्य पनि ताेलाकाे १० रूपैयाँले बढेर प्रतिताेला ९ सय ९० रूपैयाँ कायम रहेको महासंघले बताएकाे छ ।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको