Like us!
Follow us!
Connect us!
Watch us!

साधना लघुवित्तको आइपिओ आज बाँडफाँड हुँदै, पर्ने सम्भावना कति ?

निशा हुमाँगाई

सोमबार, २९ असार २०७७, ११ : ५० मा प्रकाशित

साधना लघुवित्तको आइपिओ आज बाँडफाँड हुँदै, पर्ने सम्भावना कति ?

अर्थ संसार, काठमाडौं – साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २१ गते आइतबारदेखि निष्कासन गरेको साधारण शेयर (आइपिओ) आज (असार २९ गते, साेमबार) बाँडफाँड हुने भएकाे छ ।

उक्त आइपिओ आज साँझ ५ बजे निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडकाे कार्यालय जमल, काठमाडौंमा हुनेछ । आइतबार 'प्रि अलोटमेन्ट' पश्चात बाँडफाँडको स्वीकृतिको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेकाेमा बोर्डले आजै बाँडफाँडका लागि स्वीकृति दिएकाले बाँडफाँडको मिति तय गरिएकाे हाे ।

लघुवित्तले निष्कासन गरेको साधारण शेयर (आइपिओ) मा ४ लाख ५८ हजार ६४३ जना लगानीकर्ताहरुले १ करोड १२ लाख ५९ हजार ८५० कित्ताका लागि आवेदन दिएका छन् । जुन मागभन्दा १७ दशमलव ०२ गुणा धेरै हो । जसमध्ये १० हजार ३१ हजार जनाको आवेदन रद्द भएको छ ।

आवेदकको संख्या अत्याधिक रहेकाले आइपिओ गोलाप्रथाद्वारा वितरण हुने बताइएकाे छ । गोलाप्रथाबाट बाँडफाँड हुनाले कसलाई कति कित्ता पर्छ भन्ने चाहिँ लगानीकर्ताहरुकाे भाग्यमा भर पर्दछ । यस आइपिओमा ६६ हजार १५२ जना आवेदकले मात्र १० कित्ताका दरले शेयर हात पार्नेछन् । बाँकी ३ लाख ८२ हजार जना आवेदकको भने हात खाली हुने भएको छ ।

लघुवित्तले असार २१ गते आइतबारदेखि हाल कायम चुक्ता पूँजीको ३२ दशमलव ५० प्रतिशत अर्थात ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको ७ लाख ७ हजार ८०० कित्ता आईपीओ निष्कासन गरेको  मध्ये ०.५० प्रतिशत अर्था १० हजा ८९० कित्ता शेयर कर्मचारी, ५ प्रतिशत अर्थात ३५ हजार ३९० कित्ता सामूहिक लगानी कोषसलाई र बाँकी ६ लाख ६१ हजार ५२० कित्ता सर्वसाधारण शेयरधनीहरुलाई छुट्याएकाे थियाे ।

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको