Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले ट्रेजरी बिल जारी गर्दै, आजै बोलकबोल

निशा हुमाँगाई

सोमबार, २९ असार २०७७, १० : २४ मा प्रकाशित

राष्ट्र बैंकले ट्रेजरी बिल जारी गर्दै, आजै बोलकबोल

अर्थ संसार, काठमाडौं – नेपाल राष्ट्र बैंकले २३ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । केन्द्रीय बैंकले सोमबार बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको ट्रेजरी  बिल जारी गर्न लागेको हो ।

आज (असार २९ गते, साेमबार) ३ बजे बोलकबाेल भएर भोली (असार ३० गते, मंगलबार) ट्रेजरी बिल जारी हुने बैंकले जनाएको छ । बैंकले ९१ दिन, १८२ दिन र ३६४ दिनका लागि ट्रेजरी बिल जारी गर्न लागेको एक सूचनामार्फत जनाएको छ ।

बैंकले जारी गर्न लागेको ९१ दिनको अवधिका लागि ८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल २०७७ साल असोज २७ गते परिपक्क हुनेछ । १८२ दिनको अवधिका लागि ६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल २०७७ साल पुस २८ गते परिपक्क हुनेछ । त्यसैगरी, ३६४ दिनको अवधिका लागि ९ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल २०७८ साल असार २९ गते परिपक्क हुनेछ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको