Like us!
Follow us!
Connect us!
Watch us!

छुट्ला है अजोडको आइपिओ, आज अन्तिम मौका !!

निशा हुमाँगाई

सोमबार, २९ असार २०७७, ०६ : ५४ मा प्रकाशित

छुट्ला है अजोडको आइपिओ, आज अन्तिम मौका !!

अर्थ संसार, काठमाडौं - अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण शेयर (आइपीओ) मा आवेदन दिने आज (असार २९ गते, साेमबार) अन्तिम मौका रहेको छ । 

कम्पनीले निष्कासन गरेकाे आइपीओमा हिजाे (आइतबार) साँझ ५ बजेसम्ममा ४ लाख १ हजार ५०२ जना आवेदकबाट १ करोड ४७ लाख ८५ हजार १ सय ५० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ । जुन मागभन्दा ५.४१ गुणा धेरै हाे ।

कम्पनीले असार २५ गते, बिहीबारबाट प्रति कित्ता एक सय रुपैयाँका दरले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्कासन गरेकाे थियाे । जसमध्ये, ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता कर्मचारीलाई, ५ प्रतिशत अर्थात १ लाख ५० हजार सामुहिक लगानी कोषलाई र बाँकी रहेको २७ लाख ३० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरेकाे हो । 

उक्त साधारण शेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेकाे छ ।

त्यसैगरी, कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ ।

यसैगरी, आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले एनआइबीएल एस क्यापिटल, लाजिम्पाट काठमाडौं, अजोड इन्स्योरेन्सको केन्द्रिय कार्यालय सुन्धारा र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको