Like us!
Follow us!
Connect us!
Watch us!

अब एकैपटक १ हजार जनासँग भिडियो कल गर्न सकिने

निशा हुमाँगाई

आइतबार, २८ असार २०७७, १३ : ११ मा प्रकाशित

अब एकैपटक १ हजार जनासँग भिडियो कल गर्न सकिने

अर्थ संसार, काठमाडौं – हाल विश्वभर महामारीकाे रूपमा फैलिरहेकाे काेराेना भाइरस (काेभिड - १९) सारा विश्व नै प्रविधि (टेक्नोलोजी) मैत्री बन्दै गएको छ । काेराेना भाइरसकाे संक्रमण न्यूनीकरण गर्नका लागि जारी गरिएकाे लकडाउनका कारण यतिबेला भिडियो कलिङ एपहरू निकै नै लाेकप्रिय बन्दै गएका छन् । 

यस्ता एपहरूकाे माग बढिरहँदा माइक्रोसफ्टले नयाँ विशेषतासहितको भिडियो कन्फ्रेन्सिङ्ग एप विकास गरेको छ । माइक्रोसफ्टले आफ्नो भिडियो कन्फ्रेन्सिङ्ग सफ्टवेयर माइक्रोसफ्ट टिम्समा नयाँ फिचरहरू थपेकाे छ । जस अन्तर्गत भिडियो कलमा एकैपटक १ हजार जनासँग कुरा गर्न मिल्दछ । यस्तै, ठूलो स्तरमा भिडियो कन्फ्रेन्सिङ्ग गर्नु छ भने View Only फिचरका माध्यमबाट एकसाथ २० हजार मानिसलाई जोड्न पनि सकिनेछ ।

यसका साथ साथै माइक्रोसफ्टले एकैपटक धेरै व्यक्तिहरूसँग जोडिँदा कसले बोल्दैछ भन्ने कुराको अलमल हुन नदिन टूगेदर मोड (Together Mode) भन्ने फिचर पनि राखेको छ । यस फिचरले बोलिरहेको व्यक्तिलाई स्क्रिनमा देखाएर कुन व्यक्तिले बोल्दैछ भन्ने जानकारी गराउँछ ।

त्यसैगरी, माइक्रोसफ्टले लाइभ रियाक्सन (Live Reaction) नामक अर्काे फिचर पनि थपेकाे छ । जसअन्तर्गत भिडियो कलिंङको समयमामा इमोजी पठाउन सकिनेछ । यसमा इमोजीहरु मार्फत प्रतिक्रिया दिन सकिनेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको