Like us!
Follow us!
Connect us!
Watch us!

सुनकाे मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ काराेबार ?

निशा हुमाँगाई

आइतबार, २८ असार २०७७, ११ : ४६ मा प्रकाशित

सुनकाे मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ काराेबार ?

अर्थ संसार, काठमाडौं – नेपाली बजारमा आज (आइतबार) पनि सुनकाे मूल्यले ओरालाे यात्रा तय गरेकाे छ ।

शुक्रबार ताेलाकाे २ सय रूपैयाँले घटेर प्रतिताेला ९२ हजार २ सय रुपैयाँ कायम रहेकाे सुनकाे मूल्य आइतबार फेरि ताेलाकाे १ सय रूपैयाँले घटेर  प्रतिताेला ९२ हजार १ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, आइतबार तेजावी सुनको भाउ पनि प्रतितोला ९१ हजार ६ सय ६० रुपैयाँ निर्धारण गरिएको छ ।

त्यसैगरी, आइतबार पनि चाँदीकाे मूल्य भने स्थिर रहेर प्रतिताेला ९ सय ८० रूपैयाँ कायम रहेको महासंघले बताएकाे छ ।  

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको