Like us!
Follow us!
Connect us!
Watch us!

'अजोड इन्स्योरेन्स अबको २ वर्षमा टप १० भित्र पर्छ'

अर्थ संसार

आइतबार, २८ असार २०७७, ११ : ०० मा प्रकाशित

'अजोड इन्स्योरेन्स अबको २ वर्षमा टप १० भित्र पर्छ'

अजोड इन्स्यारेन्स लिमिटेड २०७४ साल असार २१ गतेबाट शुरु भएको कम्पनी हो । अहिले हामी दोस्रो बर्ष पुरा गरी तेस्रो वर्षमा प्रवेश गरेका छौँ । गत गएका वर्ष साढे ४१ करोड प्रिमियम कलेक्शन गरेका थियौ भने आजको दिनसम्म आइपुग्दा ८३ करोडको विमा शुल्क जम्मा गर्न सफल भएका छौँ । अजोडको पेडअफ क्यापिटल संस्थापकबाट ७० करोड छ भने अहिले निश्कासन भएको साधारण शेयर (आइपिओ) बाट ३० करोड जम्मा भई अजोडको पेडअफ क्यापिटल १ अर्ब पुग्छ ।

अजोडको इन्भेष्टमेन्ट भने १ अर्ब ७ करोडको पुगेको छ । चैत्र मशान्तसम्म आइपुग्दा यो वर्ष हाम्रो नाफा ३ करोड ५१ लाख छ । ७ वटै प्रदेशमा शाखा संजाल विस्तार भएको छ । कृषि तथा पशु विमाको लागि नियामक निकाय बिमा समितिले छुट्टाइदिएको ४ वटा जिल्लामा र केन्द्रिय कार्यालयसहित अहिले ३९ वटा शाखा संजाल संचालनमा छ । विमा काउन्टर ३ वटा, अब विमा समितिबाट ३ वटा शाखा खोल्न स्वीकृत प्राप्त भैसकेको छ, ३ वटा शाखा साउनबाट नै खुल्दैछ । यो गर्दा ४२ वटा शाखा, केन्द्रिय कार्यालय, ३ वटा विमा काउन्टर, १ वटा ग्राहक सेन्टर नेटवर्किङ रुपमा संचालनमा रहेको छ ।

संचालक र व्यवस्थापनको इमेजका कारण अजोडको IPO मा लगानीकर्ता आकर्षित भए -सिइओ कुमार बहादुर खत्री, अजोड इस्न्योरेन्स

 अजोड इन्स्यारेन्सको  प्रफमेन्स राम्रो छ । अफेसियल टार्गेट ८० करोड थियो, त्यो पुरा भैसकेको छ । आजदिनसम्म प्रिमियम कलेक्शन ८३ करोड जम्मा गरिसकेका छौँ ।

छोटो समयमा अजोड इन्स्योरेन्सले बजारमा आफ्नो इमेज बनाउन सफल भएको छ । त्यसको पछाडि चाहि संस्थापनक शेयरधनीहरुको पहिचान, व्यवासथापन, संचालक समिति आदिको कारणले अजोड इन्स्यारेन्स यो ठाउँमा पुगेको छ । निर्जिवन कम्पनीकोविचमा अजोडको नाम आइसकेको छ । हाम्रो नारा पनि  'अजोड इन्स्योन्स  हरेक कदमा साथ' भन्ने छ । त्यही अनुरुप हामी अगाडि बढेका छौँ । हामीले ९२ हजार पोलिसी इस्यु गर्न सफल भएका छौँ । हामी पुराना इन्स्यारेन्स कम्पनीको प्रतिस्पर्धामा आइपुगेका छौँ । आगामि वर्षमा ८ देखि १० प्रतिशत लाभांश दिन सक्छौँ । अहिले आइपिओ भर्ने लगानीकर्ताले अर्काे वर्षदेखि  लाभांश पाउँछन् ।

अजोडको आइपिओमा उत्साजनक लगानीकर्ताको सहभागि हुनेमा हामी विश्वास्त छौँ । हामीसँग इमेज र बजारमा हाम्रो प्रस्तुती राम्रो छ ।

आइपिओबाट आएका पुँजीलाई हामीले विमा समितिले दिएको अधिकार भित्र रहेर फिक्स डिपोजिट, ऋण पत्र, शेयरमा लगानी गर्नेछौं ।  १ अर्बको कम्पनी भएकाले आफ्नै कार्यालयको लागि आफ्नै जग्गा किन्ने सोचमा पनि छ ।

अजोड इन्स्योरेन्सले भोलीको दिनमा अझ सशक्त रुपले मार्केटि जाने, शाखालाई सबलिकरण गर्ने, नयाँ पोलिसीहरु ल्याउने, मार्केटमा शेयर बढाउँदै लैजाने र अव दुई वर्षमा टफ १० भित्र जाने हाम्रो सोच छ ।

हामीले साउन १ गतेदेखि अजोड स्वास्थ्य परिवार बीमा पोलिसी ल्याउँदैछौँ ।  बीमा समितीबाट समेत स्वीकृति पुगेको छ ।

 कम्पनीको सेवा भनेको दावी भुक्तानी हो  । दावी पर्दा वनटाइम पेमेन्ट गरी ग्राहकहरुलाई सन्तुष्टि बनाउनु पर्छ र त्यो नै हाम्रो सम्पत्ती हो भन्ने सोचका साथ हामी अगाडि बढेका छौँ, त्यसमा हामी सफल भएका भएका छौँ ।

हाम्रो अहिले दावीको आकाँडा नै हेर्ने हो भने आजको दिनसम्म १८ सय ३१ वटा दावी भुक्तानी गरेका छौँ, करिव २१ करोड भुक्तानी गरेका छौँ र करिव  २ सय ६० वटा फाइलहरुमा करिव ६ करोड रुपैयाँको हारहारीमा दावी भुक्तानी तिर्न बाँकी छ ।

यसलाई हेर्ने हो भने पनि हामी दावी फाइलको हिसावले हेर्ने हो भने ९० प्रतिशतले फर्चोट गर्न सफल भएका छौँ । यसले कम्पनीलाई सकारात्मक प्रभाव परेको छ । कोरोना भाइरसका कारण परेको असरलाई कर्मचारी कटौतीका पक्षमा हामी छौनौं । अहिलेको मेनपावर हामीलाई अहिले र पछि पनि आवश्यकता पर्दछ ।

हाम्रो संस्थापन शेयरधनी, संचालक र व्यवस्थापनलाई  हेरेर आइपिओमा लगानी गर्नुपर्छ । अजोडको आइपिओमा लगानीकर्ताको उत्साजनक सहभागि हुनेमा म ढुक्क छु ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको