Like us!
Follow us!
Connect us!
Watch us!

अब सार्वजनिक यातायात चल्ने, यस्तो नियम लागू !

अर्थ संसार

विहीबार, २५ असार २०७७, १९ : २२ मा प्रकाशित

अब सार्वजनिक यातायात चल्ने, यस्तो नियम लागू  !

अर्थ संसार, काठमाडौं -सरकारले सार्वजनिक यातायात सञ्चालन गर्ने दिने निर्णय गरेको छ । सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले बिहीबार प्रेस ब्रिफिङका क्रममा छोटो दूरीमा सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको जानकारी गराएका हुन् ।

 तर,  उपत्यका भित्र र बाहिरको हकमा सम्बन्धित जिल्लाभित्र मात्र सवारीसाधन चल्न पाउनेछन् ।  ट्याक्सीहरु भने तत्कालै चल्न पाउनेछन् ।

संचालक र व्यवस्थापनको इमेजका कारण अजोडको IPO मा लगानीकर्ता आकर्षित हुनेछन्-सिइओ कुमार बहादुर खत्री, अजोड इस्न्योरेन्स

सार्वजनिक सवारी चलाउँदा सिट क्षमता भन्दा आधा मात्र यात्रु राख्न पाइने र यात्रुलाई मास्क अनिवार्य गरिएको छ । क्षमता भन्दा आधा मात्र यात्रु बोक्न पाउने भएकाले सञ्चालन खर्च जुटाउन तोकेको भन्दा ५० प्रतिशतसम्म बढी भाडा लिन पाउने गरी सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको हो ।

त्यस्तै ट्याक्सीमा चालक बाहेक दुई जनासम्म यात्रु बोक्न पाउने गरी सञ्चालन अनुमति दिइएको छ ।  एकै परिवारको भए पाँच वर्ष मुनिका बालबालिकालाई भने चढाउन पाइने गरिएको छ । निजी सवारी साधन र मोटरसाइकलमा समेत सोहीअनुसार हुने खतिवडाले जानकारी दिए ।

सार्वजनिक सवारी साधनले सिट क्षमताको ५० प्रतिशत मात्र यात्रु राख्न पाइने पाउनेछन् । ढोकामा स्यानिटाइजर राख्नुपर्ने र सवारी साधनभित्र सामाजिक दुरी हुने गरी यात्रु राख्नुपर्ने नियम लागू गरिएको छ । जोर–बिजोर प्रणाली सार्वजनिक यातायातका लागि समेत लागू हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको