Like us!
Follow us!
Connect us!
Watch us!

साधना लघुवित्तको आइपिओमा २ हजार ८२४ जनाको आवेदन रद्द

अर्थ संसार

मंगलबार, २३ असार २०७७, १० : ४० मा प्रकाशित

साधना लघुवित्तको आइपिओमा २ हजार ८२४ जनाको आवेदन रद्द

अर्थ संसार, काठमाडौं– साधना लघुवित्त वित्तीय संस्थाले निश्कासन गरेको साधारण शेयर (आइपिओ) मा आवेदन दिएका मध्ये २ हजार  ८२४ जनाको आवेदन रद्द भएको छ ।

ग्लोबल आईएमई क्यापिटलको अनुसार २ हजार ८२४ जनाले १ लाख ३७ हजार १३० कित्ताको लागि आवेदन दिएका थिए ।  

आइतबारदेखि निश्कासन भएको साधना लघुवित्तको आइपिओमा सोमबार बेलुकासम्म  ६४ लाख ३२ हजार ४ सय कित्ताको लागि  २ लाख ५९ हजार १ सय ५ जनाले आवेदन दिएको  प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले अर्थ संसार डट कमलाई जानकारी दिएको छ । यो माग भन्दा ९.७२३ गुणाले बढी हो ।

साधनाको IPO घर, अफिसमा बसीबसी मोवाइलबाटै तुरुन्त यसरी भर्नुहोस् ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ३२ दशमलव ५० प्रतिशत अर्थात ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको ७ लाख ७ हजार ८०० कित्ता आईपीओ निष्कासन गरेको  मध्ये ०.५० प्रतिशत अर्था १० हजा ८९० कित्ता शेयर कर्मचारी, ५ प्रतिशत अर्थात ३५ हजार ३९० कित्ता सामूहिक लगानी कोषसलाई र बाँकी ६ लाख ६१ हजार ५२० कित्ता सर्वसाधारण शेयरधनीहरुलाई छुट्याइएको छ ।

उक्त आईपीओ निष्कासनको लागि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट असार ७ गते, आइतबार अनुमति पाएको छ ।

त्यसैगरी, उक्त साधारण शेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्ने संस्थाले जनाएको छ । संस्थाको आइपीओलाई इक्रा नेपाल लिमिटेडले इक्रा एनपी आईपीओ ग्रेड ४ रेटिङ दिएको छ । आइपीओ बिक्री पश्चात कायम चुक्ता पूँजी २१ करोड ७७ लाख ८० हजार रुपैयाँको ५० प्रतिशत हकप्रद समेत जारी गर्ने तयारी रहेको संस्थाले जनाएको छ ।

कति दिने आवेदन ?

आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

कहिलेसम्म दिने आवेदन ?

लगानीकर्ताले आईपीओमा छिटोमा असार २४ गते र ढिलोमा साउन ४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि९आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था, ग्लोबल आइएमई क्यापिटल र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको