Like us!
Follow us!
Connect us!
Watch us!

मास्क नलगाई हिँड्दै हुनुहुन्छ ? हाेसियार ! नत्र पर्नुहाेला प्रहरीको फन्दामा

निशा हुमाँगाई

सोमबार, २२ असार २०७७, १७ : ४७ मा प्रकाशित

मास्क नलगाई हिँड्दै हुनुहुन्छ ? हाेसियार ! नत्र पर्नुहाेला प्रहरीको फन्दामा

अर्थ संसार, काठमाडौं - नेपाल सरकारले अब उप्रान्त मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गरी कारबाही गर्ने भएको छ । गृह मन्त्रालयले मास्क नलगाई घरबाहिर निस्किने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न प्रहरी र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हाे ।

यो निर्देशन पालना नगर्नेलाई पक्राउ गरी संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले जानकारी दिएका छन् । लकडाउन कडा नहुँदा कोरोनाकाे संक्रमण न्यूनीकरण गर्न समस्या हुन सक्ने भएकाले यस्तो निर्देशन दिएको अधिकारीले बताएका छन् ।

जरुरी कामबाहेक घरबाहिर ननिस्कने, निस्कँदा अनिवार्य मास्क लगाउने, एकअर्काबीच कम्तीमा २ मिटरको सामाजिक दूरी कायम गर्नुपर्ने सरकारले बताएको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको