Like us!
Follow us!
Connect us!
Watch us!

ढलमा कोरोना देखिएसँगै काठमाडौंमा कोरोना फैलिन सक्ने, सतर्क अपनाऔं- डा.रविन्द पाण्डे

डा. रविन्द्र पाण्डे

शनिबार, २० असार २०७७, १९ : १९ मा प्रकाशित

ढलमा कोरोना देखिएसँगै काठमाडौंमा कोरोना फैलिन सक्ने, सतर्क अपनाऔं- डा.रविन्द पाण्डे

सेन्टर फर मलिकुलर डायनामिक्स (सीएमडीएन)नेपालले गरेको ‘इन्भारोमेन्टल सर्भिलेन्स अफ सार्स –२’ नामक अध्ययनमा काठमाडौंका २ ठाउँमा कोरोना भाइरस देखिएको कुराले आम मानिस त्रस्त भएको देखिएको छ |
स्पेनको बार्सिलोनामा गत २०१९ मार्च महिनामा ढलको परीक्षणमा कोरोना भाइरस देखिएको थियो | त्यस्तै ब्राजिलमा २०१९ नोभेम्बर २७ मा गरिएको थियो |
यो प्रकारको परीक्षण देश, काल र परिस्थिति अनुसार फरक फरक परिणाम दिने खालको हुन्छ | त्यस्तै स्याम्पललाई फ्रिजमा राख्दा एउटा रिपोर्ट र बाहिर राख्दा अर्को रिपोर्ट आएको धेरै अध्ययनले बताएका छन् | त्यस्तै २०१९ को डिसेम्बरमा इटलीमा पनि यो परीक्षण गरिएको थियो | यो सस्तो एबम सजिलो अध्ययन हो | नेपालजस्तो गरिब देशको लागि यो बिधि उपयुक्त मोडेल हो |
हामीकहाँ गरिएको सानो स्याम्पल साइजको आधारमा कोरोना संक्रमणको अनुमान गर्न गाह्रो हुन्छ | यदि बिभिन्न ल्याबले सहरका करिब २०० ठाउँमा ढलको पानी वा फोहोर परीक्षण गर्ने हो भने संक्रमण समुदायमा फैलिएको छ कि छैन भनेर अनुमान गर्न सकिन्छ |
संक्रमित व्यक्तिले लक्षणपूर्वको अवस्था अर्थात संक्रमण भएको ३-६ दिनसम्म धेरै मात्रामा भाइरस बोकेको हुन्छ | त्यो समुहमा केहि प्रतिशत व्यक्तिले दिशाबाट कोरोना भाइरस / भाइरसका टुक्रा / भाइरसको फोहोर बिसर्जन गर्दछन | खासगरि वान्ता, पखाला लगायत पेटको लक्षण देखिएका बिरामीबाट यो उत्सर्जन हुन्छ | सहरका अधिकांश भागमा ढलको फोहोर वा ढल मिसिएको पानीमा RT – PCR टेस्ट गर्दा RNA Virus देखियो भने उक्त सहरमा आगामी ७-१० दिनमा प्रकोप फैलिन्छ भन्ने प्रक्षेपण गर्न सकिन्छ |
यस्तो अवस्थामा आम नागरिकले पूर्ण सतर्कता अपनाउने तथा सरकारले उपचार ब्यबस्थापन गर्ने हो भने जनधनको क्षति न्यूनीकरण गर्न सकिन्छ |
अन्त्यमा यो २ ठाउँको सिमित परीक्षणको आधारमा डर मान्नुपर्ने अवस्था छैन | सरकारी तथा नीजी ल्याब एबम अनुसन्धान केन्द्रहरुले जतिसक्यो धेरै ठाउँमा परीक्षण गरेमा सम्भावित महामारीको पूर्व अनुमान गर्न सकिन्छ |
सेन्टर फर मलिकुलर डायनामिक्स (सीएमडीएन) नेपालले सुरुवात गरेकोमा हार्दिक धन्यबाद

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको