Like us!
Follow us!
Connect us!
Watch us!

भोलीदेखि साधना लद्युवित्तको आइपिओ, कति कित्ताको लागि दिने आवेदन ?

अर्थ संसार

शनिबार, २० असार २०७७, १३ : ३१ मा प्रकाशित

भोलीदेखि साधना लद्युवित्तको आइपिओ, कति कित्ताको लागि दिने आवेदन ?

अर्थ संसार, काठमाडौं– लगानीकर्ताको पर्खाइमा रहेको साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयर (आइपिओ) असार २१ गते अर्थात आइतबारबाट निश्कासन हुँदैछ ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ३२ दशमलव ५० प्रतिशत अर्थात ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको ७ लाख ७ हजार ८०० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये १० हजार ८ सय ९० कित्ता कर्मचारीको लागि, ३५ हजार ३ सय ९० कित्ता सामूहिक लगानी कोषको लागि र बाँकी रहेको ६ लाख ६१ हजार ५ सय २० कित्ता आईपीओ सर्वसाधारणको लागि छुट्याइएको छ ।

उक्त आईपीओ निष्कासनको लागि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट असार ७ गते, आइतबार अनुमति पाएको छ ।
त्यसैगरी, उक्त साधारण शेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्ने संस्थाले जनाएको छ । संस्थाको आइपीओलाई इक्रा नेपाल लिमिटेडले इक्रा एनपी आईपीओ ग्रेड ४ रेटिङ दिएको छ । आइपीओ बिक्री पश्चात कायम चुक्ता पूँजी २१ करोड ७७ लाख ८० हजार रुपैयाँको ५० प्रतिशत हकप्रद समेत जारी गर्ने तयारी रहेको संस्थाले जनाएको छ ।

कति दिने आवेदन ?

आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

कहिलेसम्म दिने आवेदन ?

लगानीकर्ताले आईपीओमा छिटोमा असार २४ गते र ढिलोमा साउन ४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि(आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था, ग्लोबल आइएमई क्यापिटल र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

आईपीओको बारेमा अन्य विवरण तलको सूचना मार्फत हेर्न सक्नुहुनेछ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको