Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया लद्युवित्तको आइपिओ बाँडफाँड, योग्य सवैको हातमा शेयर !

अर्थ संसार

शनिबार, २० असार २०७७, १० : ०० मा प्रकाशित

एनआईसी एशिया लद्युवित्तको आइपिओ बाँडफाँड, योग्य सवैको हातमा शेयर !

अर्थ संसार, काठमाडौं–  एनआईसी एशिया लद्युवित्त वित्तीय संस्थाले निश्कासन गरेको साधारण शेयर (आइपिओ) शनिबार विहान बाँडफाँड भएको छ । निश्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा बाँडफाँड गरिएको हो ।

लघुवित्त क्षेत्रकै सबैभन्दा ठूलो आकारको आइपीओमा रितपूर्वक आवेदन दिने सबैले १० कित्ताको दरले  शेयर हात पारेका छन् ।

थप ४६ हजार ५७९ जना लगानीकर्ताले गोलाप्रथाको माध्यमबाट थप १० कित्ताको दरले  शेयर पाएका छन् । अर्थात ४६ हजार ५७९ जनाले २० कित्ता शेयर पाएका छन् ।

आईपिओमा कुल ४ लाख १४ हजार १ सय ८० जनाले २ करोड ३० लाख ६५ हजार ३ सय ९० कित्ताको लागि आवेदन परेको थियो । यो माग गरिएभन्दा ५.१९ गुणा बढी हो । रितपूर्वक आवेदन नदिने १६ हजार ४९७ जना आवेदकले सेयर पाएनन् ।

यो कम्पनीले असार १० गतेदेखि निश्कासन गरेको १०० रुपैयाँ अंकित दरका कुल ४७ लाख ५५ हजार कित्तामध्ये ०.५ प्रतिशत अर्थात ७४ हजार कित्ता साधारण सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात् २ लाख ३७ हजार ८०० कित्ता साधारण सेयर सामूहिक लगानी कोषका लागि छुट्याई बाँकी रहेको ४४ लाख ४३ हजार २०० कित्ता सेयर सर्वसाधारणमा निष्कासन गरिएको हो।

शेयर बजार घटेपछि नेप्सेको हाकिमलाई प्रश्न, लगानीकर्तामाथि आरोप होइन,अनलाइन सिस्टममा सुधार गर्नुहोस्

 

5f00231f5b133.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको