Like us!
Follow us!
Connect us!
Watch us!

बैंक व्याज र ऋणलाई मौद्रिक नीतिले सम्बोधन गर्छ- डा.अर्थमन्त्री खतिवडा

अर्थ संसार

मंगलबार, १६ असार २०७७, २२ : ०८ मा प्रकाशित

बैंक व्याज र ऋणलाई  मौद्रिक नीतिले सम्बोधन गर्छ- डा.अर्थमन्त्री खतिवडा

अर्थ संसार, काठमाडौं-डा. अर्थमन्त्री युवराज खतिवडाले बैंकको व्याज र ऋणको विषय मौद्रिक नीतिमा सम्म्बोधन हुने बताएका छन् ।

भर्चुअल माध्यमबाट आयोजना भएको नेपाल उद्योग परिसंघको १७ वार्षिक साधारणसभामा सहभागि हुँदै अर्थमन्त्री खतिवडाले लकडाउनको मारमा परेको व्यवसायीको बैंक व्याज र ऋणको विषयलाई मौद्रिक नीतिमा सम्बोधन गर्ने आश्वास दिएका छन् ।

कार्यक्रममा अर्थमन्त्री  खतिवडाले अन्तर्राष्ट्रिय व्यापार लकडाउन खुकुलो भएसँगै २०% बाट ८०% पुगेको वताउनु भयो । त्यसैगरी लकडाउनको अवधिमा पनि विप्रेषण आप्रवाह सन्तोषजनक रहेको वताएका छन् ।

बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलता रहेको र लगानीको अवस्था सन्तोषजनक रहेको वताउँदै उद्योग–व्यवसायको रिकभरीमा निजी क्षेत्रको साथ रहनु पर्ने धारणा व्यक्त गरेका छन् ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको