Like us!
Follow us!
Connect us!
Watch us!

कोरोनासँग भाग्ने होइन, लड्ने हो : उपप्रधानमन्त्री

निशा हुमाँगाई

मंगलबार, १६ असार २०७७, १० : ३३ मा प्रकाशित

कोरोनासँग भाग्ने होइन, लड्ने हो : उपप्रधानमन्त्री

अर्थ संसार, काठमाडौं – भाटभटेनी ग्रुपले नक्सालस्थित भाटभटेनी मन्दिर परिसरमा २ करोड लागतमा सत्तल निर्माण गर्ने भएको छ । उक्त भवनको शिलान्यास उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले हिजाे (सोमबार) बिहान गरेका छन् ।

भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरूङले भाटभटेनी माताको मन्दिर परिसरमा स्वर्गीय बुबा बृषबहादुर गुरूङ र आमा धनमाया गुरूङको स्मृतिमा उक्त भवन निर्माण गरिन लागेको जानकारी दिएका छन् ।

कार्यक्रममा सम्बोधन गर्दै मन्त्री पोखरेलले व्यवसायी गुरूङको प्रशंसा गरेका थिए । उनले सरकारले व्यवसायीलाई सहजीकरण गरिदिने बताउँदै पुर्खाहरूले निर्माण गरेको चिजहरूलाई नष्ट हुनबाट हामीले नै बचाउनुपर्ने बताएका छन् ।सत्तलमा विगतमाजस्तो कोही यात्रुहरू आएर नबसे पनि यसले संकेतको काम गर्ने उनकाे भनाइ छ । 

यसका साथै, सम्बोधन गर्ने क्रममा उनले कोरोनासँग भाग्ने नभइ लड्ने बताएका छन् । “कोरोनासँग भाग्ने होइन लड्ने हो । यो आयो भनेर त्रसित भएर भाग्यौं भने कहाँ जाने ? आज हामी भागौंला भोलि भोकमरीबाट मर्ने अवस्था आयो भने के गर्ने ? हामीले हाम्रो आर्थिक गतिविधि बढाउनैपर्छ । कोरोनासँग लड्नु व्यक्तिव्यक्तिको जिम्मेवारी हो । हामी बचेर देश र समाजलाई बचाउने हो ।”

त्यस्तै, उक्त सत्तल भाटभटेनी ग्रुपका अध्यक्ष मीनबहादुर गुरूङ र भाइ पहल गुरूङले निर्माण गर्न लागेका हुन् ।
 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको