Like us!
Follow us!
Connect us!
Watch us!

त्रिशुली गल्छी जलविद्युत् आयोजना : खोल्दैछ विकासको ढोका

विहीबार, १७ चैत्र २०७३, ११ : ४९ मा प्रकाशित

त्रिशुली गल्छी जलविद्युत् आयोजना :  खोल्दैछ विकासको ढोका

अर्थ संसार 
काठमाडौं–निजी क्षेत्रका प्रवद्र्धकहरु सानो एउटा जलविद्युत् आयोजना बनाउने र केवल हल्ला मात्रै गरेर बस्ने गरेको सन्दर्भमा अपि पावरले भने उक पछि अर्को गर्दै महत्वपूर्ण आयोजना अगाडि बढाउन लागेको छ ।

दार्चुलामा दुई महत्वपूर्ण आयोजना अगाडि बढाएर पायनियर कम्पनीको रुपमा स्थापित भएको अपि पावरले आगामी केही महिना भित्रै ७५ मेगावाट क्षमताकोे त्रिशुली गल्छी जलविद्युत आयोजना अगाडि बढाउने भएको छ ।

अपि पावरको सहायक कम्पनीको रुपमा रहेको सिद्धकाली हाइड्रोले निर्माण गर्ने सो आयोजनाको सुरुङ मात्रै  ८ किलोमिटर लामो हुने छ । आयोजनाले निर्माण गर्न लागेको यो सुरुङ नेपालकै सबैभन्दा लामो सुरुङ हुने कम्पनीले जनाएको छ ।

आयोजनाले निर्माण गर्ने सुरुङ नुवाकोटको रातमाटे दर्शनटार र बुद्धसिङदेखि धादिङको कल्लेरीसम्म ८ किलोमिटर लामो हुने अपि पारको म्यानेजिङ डाइरेक्टर सञ्जिव न्यौपानेले बताउनुभयो ।

आयोजनाको इन्जिरियरिङ रिपोर्ट भारतको बैंकलोरमा बनेको हो । केही हप्ताअघि मात्रै भारतीय कम्पनीले सिद्धकाली पावरलाई उत्तः प्रतिवेदन समेत उपलब्ध गराएको र थप विस्तृत प्रतिवेदन भने केही समयपछि आइपुग्नेछ ।

कूल ८ किलोमिटर लामो सुरुङमा ३८० मिटर फलामे पाइपबाट पानी लगिने छ । वाँधबाट आयोजनाको हेडसम्म सरुङबाटै पानी लगिने न्यौपानेले जानकारी दिनुभयो । शतप्रतिशत स्वदेशी लगानीमा निर्माण सम्पन्न गर्न लागिएको यो आयोजनाको कूल लागत करिब १५ अर्ब रहेको छ ।

त्यसमा रु ९ अर्ब ८० करोड विभिन्न बैंक तथा वित्तिय संस्थाबाट ऋण लिइनेछ  बाँकी रकम भने इक्विटीको रुपमा अपि पावर, सिद्धकाली ले जुटाउनेछ । स्थानीयबासीलाई १० प्रतिशत सेयर उपलब्ध गराइनेछ ।

आयोजनामा लक्ष्मी बैंकको नेतृत्वमा ११ बैंकको सहवित्तियकरणमार्फत लगानी गर्ने विषय करिब करिब अन्तिम अवस्थामा पुगिसकेको छ ।सो आयोजना सिद्धकाली पावर कम्पनीले निर्माण गर्ने हो । सिद्धकाली पावरमा अपि पावर कम्पनीको ८० प्रतिशत लगानी छ । यो आयोजनाले गत जेठ १२ गते विद्युत प्राधिकरणसँग पीपीए गरेको थियो ।

आयोजनाबाट उत्पादन हुने विद्युत सरकारले निर्माण गर्ने न्यू मस्र्याङदी–काठमाडौं २२० केभी ट्रान्समिसन लाईनमार्फत राष्ट्रिय प्रसारण लाईनमा जोडिने छ । न्यौपानेका अनुसार निर्माण सुरु गरेको ४ वर्षमा आयोजना सम्पन्न हुनेछ ।

केही दिन भित्रै ठेकेदार छनौटका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्ने तयारी गरिएको छ । । नयाँ वर्ष अर्थात् २०७४ वैशाखबाट निर्माण सुरु गरेर चार वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।

आयोजनाले सर्वसाधारण लगानीकर्ताका लागि १५ प्रतिशत छुट्ट्याएको छ । त्यसबाहेक आयाजना प्रभावित स्थानीयका लागि १० प्रतिशत सेयर छुट्ट्याईएको छ ।हाल आयोजना निर्माणका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणको काम भइरहेको छ ।

आयोजनाको बाँध बाधिँने ठाउँमा प्रतिरोपनी रु ८ देखि १० लाख मूल्यमा जग्गा अधिग्ररण गरिएको छ ।  आयोजनाको स्थायी संरचना निर्माणका लागि ३ सय रोपनी र आयोजनाको सपोर्टका लागि ४ सय रोपनी गरी कूल ७ सय रोपनी जग्गा अधिकरण गर्नुपर्नेछ ।

 कम्पनीले केही दिनमा विश्वव्यापी रुपमा बोलपत्र आह्वान गर्ने जनाएको छ । तर बोलपत्रमा सहभागी हुन नेपालमा दर्ता भउको कम्पनी एवम् ठेकेदार भने अवस्य नै हुनुपर्ने छ । आयोजना निर्माणका लागि भारत तथा चीनका ठेकेदारले चासो देखाएका छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको