Like us!
Follow us!
Connect us!
Watch us!
उद्योगी पलायन हुने मनस्थितीमा

विद्युत् छैन, भैरहवा नाम मात्रैको विशेष आर्थिक क्षेत्र

विहीबार, १७ चैत्र २०७३, ११ : १९ मा प्रकाशित

विद्युत् छैन, भैरहवा नाम मात्रैको विशेष आर्थिक क्षेत्र

अर्थ संसार 
काठमाडौं– सरकार बदलिएपछि उद्घाटन, शिलान्याश तथा अन्य विभिन्न कार्यक्रम मात्रै हुने विशेष आर्थिक क्षेत्रको रुपमा परिचित भैरहवाको विशेष आर्थिक क्षेत्रमा उद्योग स्थापना हुन नसक्नुको पछाडि विद्युत् उपलब्ध नहुनु नै प्रमुख कारणको रुपमा रहेको पाइएको छ ।

 मुलुककै नमुनाको रूपमा स्थापना गरिएको भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) सञ्चालनका लागि विद्युत् अभावका कारण  समस्या पैदा भएको भन्दै उद्योगी तथा व्यावसायल्े पटक पटक सरकारको ध्यानाकर्षण गराएको भएपनि हालसम्म कार्यप्रगति हुन सकेको छैन ।

यद्यपी  विद्युत् आपूर्ति गर्ने भन्दै नेपाल विद्युत् प्राधिकरणले पटक पटक प्रतिवद्धता जनाएको भएपनि कुनै उपलब्धी नभएको उद्योगीको भनाइ छ ।विद्युत् उपलब्ध नहुँदा विशेष आर्थिक क्षेत्र प्रभावकारी रुपमा अगाडि बढ्न सकेको छैन ।

यसअघि ऐन नहुँदा स्थापना भएको लामो समयसम्म पनि सेज सञ्चालनमा आउन सकेको थिएन । अहिले भने विद्युत्को अभाव देखिएको छ ।  नमुना र निर्यातमुखी यो औद्योगिक क्षेत्रमा उद्योगीहरूले उद्योग स्थापना गर्न तदारूकता देखाए पनि सरकारी उदासिनताका कारण प्रक्रिया अगाडि बढ्न सकेको देखिदैन ।

निर्माण थालिएको १५ वर्षपछि उद्घघाटन भएको सेजमा हालसम्म विद्युत् आपूर्ति भएको छैन । सुरूमा ऐन नबन्दा ढिलाइ भएको भनिए पनि ऐन बनेर पनि सेज सञ्चालनमा नआउनु विद्युत् अभाव नै मुख्य कारण भएको सेज विकास समितिले जानकारी दिएको छ ।

नियमावलीको समस्या अन्त्य भएको जनाउँदै विशेष आर्थिक क्षेत्रमा उद्योग दर्ताले पूर्णता पाए पनि सेजमा विद्युत् आपूर्ति नै मुख्य समस्या भएको बताए । उद्योगीहरूको आउने क्रम बढेको छ । अझै केही समयसम्म पनि सेज सञ्चालनमा आएन भने यहाँ आएका उद्योगीहरू पलायन हुन सक्ने देखिएको छ ।  चाँडै चाँडो विद्युत् आपूर्ति गरी सेज सञ्चालनमा ल्याउनुपर्ने देखिएको छ ।

विद्युत् प्राधिकरणले धकधईमा रहेको सब–स्टेशनमा लाइन आएपछि विद्युत् उपलब्ध गराउने आश्वासन दिएको छ । तर पनि सबस्टेशनमा लाइन कहिले आउँछ भन्ने कुनै टुंगो नभएको बताइन्छ ।

५२ विगाहा क्षेत्रफलमा स्थापना भएको सेजमा ६८ वटा प्लटहरू छन् । हालसम्म १९ उद्योग दर्ता भएको ५९ वटा प्लटहरूले आफ्नो स्थान पक्का गरिसकेका छन् । बाँकी रहेका ९ वटा प्लटहरूमा पनि उद्योगमात्र राख्न मिल्ने भएकाले ती प्लटलाई अब सेज सञ्चालनको नियमावली आएपछि मात्र दर्ता गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको