Like us!
Follow us!
Connect us!
Watch us!

के तपाई गुणस्तरिय शिक्षा चाहनुहुन्छ ? टेक्सास हुनसक्छ विकल्प

विहीबार, १७ चैत्र २०७३, १० : ५५ मा प्रकाशित

के तपाई गुणस्तरिय शिक्षा चाहनुहुन्छ ? टेक्सास हुनसक्छ विकल्प

दिनिता लामिछाने 
काठमाडौं–उच्च शिक्षा अध्ययन गर्न चाहनेहरुका लागि कलेज छनौट निकै गाह्रो काम हो । काठमाडौमा च्याउ जस्तै उम्रिएका कलेजहरु पर्याप्त छन् । गुणस्तरीय शिक्षा दिने, प्रतिस्ठा आर्जन गरेको, शैक्षिक वातावरण भएको, विद्यार्थीलाई घोक्नेमात्र हैन, ब्यवहारिक ज्ञान दिन कलेज कसरी छान्ने ? 

हामी तपाईंलाई काठमाडौंको मुटु मित्रपार्कमा रहेको टेक्सास कलेजको अबस्थाबारे जानकारी दिँदैछौं । विगत ९ बर्षदेखि शिक्षा क्षेत्रमा योगदान दिइरहेको कलेज तपाईंका लागि शैक्षिक गन्तब्य हुनसक्छ ।

भौतिक पुर्बधारले सुविधा सम्पन्न र अनुभबी शिक्षकद्वारा अध्यापन गराइने भएकाले आफ्नो कलेज विद्यार्थीका लागि राम्रो छनौट हुनसक्छे कलेजका  कलेजका निर्देशक भेषराज पोख्रेल दाबि गर्छन् । कलेजले भबिस्यमा दक्ष जनशक्ति उपादन गरेर देशको आर्थिक समृद्धिमा सहयोग पुर्याउने लक्ष्य राखेको कलेजका निर्देशक पाख्रेलको भनाइ  छ ।

टेक्सास स्कुल मन्टेश्वरीबाट सुरु भएको थियो । अहिले माध्यमिक शिक्षाको कक्षा १२ सम्म विज्ञान, ब्यबस्थापन र मानबिकी संकायको पढाइ संचालन गरिरहेको छ । त्यस्तै स्नातक तहमा बिबिए, बिआइएम, बिआइटी  र स्नातकोत्तर तहमा एमबिए तहको अध्यापन हुने पोख्रेलले जानकारी दिए ।

टेक्सासको संचालनमा शिक्षा क्षेत्रमा आबद्ध सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति जयराज अवस्थी, त्रिभुबन विश्वविद्यालय ब्यबस्थापन संकायका पूर्बडीन गोबिन्दप्रसाद आचार्य, त्रिविकै पाठ्यक्रम विकास केन्द्रका पूर्व कार्यकारी निर्देशक केशबकुमार श्रेस्ठलगायतका विशिष्ठ ब्यक्तिहरु आवद्ध रहेको निर्देशक पोख्रेलले बताए । 

किताबी शिक्षाको साथसाथै यहाँका बिद्यार्थीहरुलाई प्रोजेक्टवर्क, पुस्तकालय, प्रयोगशाला, खेलकुद तथा सांस्कृतिक क्रियाकलापमा सहभागी गराइने कलेजले जनाएको छ ।   प्राईभेट कलेजलाई शिक्षाको ब्यापार गर्ने गरेको आरोप लाग्ने गरेको छ ।

आफूहरु भने गुणस्तरीय शिक्षा र दक्ष जनशक्ति उत्पादन गरेर देशलाई समृिद्धको बाटोमा डोर्याएर समाजमा केही योगदान पुर्याउन लागि परेको निर्देशक पोख्रेलको दावी छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको