Like us!
Follow us!
Connect us!
Watch us!

लकडाउनको अवधिको भाडा नलिने ?

निशा हुमाँगाई

विहीबार, ११ असार २०७७, ११ : १२ मा प्रकाशित

लकडाउनको अवधिको भाडा नलिने ?

अर्थ संसार, काठमाडौं - नेपालभर लकडाउनको अवधिको भाडा लिने-नलिने भन्ने बारेमा निकै चर्चा चलिरहेकाे छ । यसैबिच, जिल्ला समन्वय समिति चितवनले भाडामा लगाएका व्यावसायिक सटर एवं घरको लकडाउनको अवधिको भाडा नलिने घाेषणा गरेको छ ।

समन्वय प्रमुख कृष्णकुमार डल्लाकोटीले वैशाख, जेठ र असार महिनाको भाडा नलिने बताएका छन् । डल्लाकोटीले चैत महिनाको ११ गतेसम्म सञ्चालनमा आएकाले सो महिनाको भाडा तिर्न लगाउने र तीन महिनाको छुट गरिदिने तयारी गरेको जानकारी दिएका छन् ।

जिल्ला समन्वय समितिको व्यावसायिक सटर र घरबाट मासिक रु तीन लाख ९० हजार भाडा सङ्कलन हुने गर्दछ । डल्लाकोटीले भने, “सरकारले लकडाउन गर्ने हामीले कसरी भाडा लिने ।” सरकारलाई सरकारी तहले सहयोग गर्नुपर्ने भन्दै उनले व्यवसाय नभएकासँग सरकारी निकायले भाडा लिनु न्यायिक नहुने बताएका छन् । यसलाई समितिले छिट्टै निर्णय गर्ने डल्लाकोटीको भनाइ छ ।

जिल्लामा घरबाहलमा बस्नेले भाडा छुट गरीदिन माग गरिरहेका छन् । निजी क्षेत्रले समेत भाडाको टुङ्गो लगाई सकेको छैन । मुख्यरुपमा जिल्लाको प्रमुख बजार नारायणगढ र भरतपुर क्षेत्रमा महँगो भाडा तिर्ने व्यवसायी रहेका छन् । सरकारी तवरबाट समन्वयसहित अस्पताल, विद्यालय, क्याम्पस, नेपाल प्रहरी, नागरिक उड्डयन प्राधिकरणलगायतले घरभाडामा लगाएतका छन् । ती निकायले भाडाको टुङ्गो लगाउन नसकी रहेका बेला जिल्ला समन्वय समिति प्रमुखले भाडा छुट गर्ने जनाउनुभएको हो । यससँगै अन्य सरकारी कार्यालय र निजी क्षेत्रलाई दबाब र सहजता हुने भएको छ । - रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको