Like us!
Follow us!
Connect us!
Watch us!

थाहा नपाई गएछ, सगरमाथा दिवस !

निनाम कुलुङ ‘मंगले

विहीबार, ११ असार २०७७, ०६ : ०१ मा प्रकाशित

थाहा नपाई गएछ, सगरमाथा दिवस !

गत २९ मे का दिन विश्वको सबैभन्दा अग्लो हिऊँचुली अथवा भनौं हिमशिखर सगरमाथा/चोमोलुङमाको शिरमा मानव जातिले प्रथमपटक विजय प्राप्त गर्न अर्थात पाइला टेक्न सफल भएको दिन हो । तर, यसपटक विश्वभरि नै कोरोनाको कहरले सताई रहेकोले गर्दा सो बारेमा नेपालका धेरै जसो मान्छेहरुले थाहा नै पाएनन् । तापनि केही मिडियाहरु (प्रिन्ट र अनलाइन) ले राम्रै कभरेज गरेका थिए ।

यसरी इतिहास हेर्दा विश्वकै अग्लो हिऊँचुली अथवा भनौं हिमशिखरमा मानव जातिले विजय प्राप्त गर्नका लागि सन् १९२१ देखि नै पटक–पटक प्रयास गरेको भए तापनि त्यसको ३२ वर्षपछि अर्थात् सन् १९५३ मे २९ का दिन नेपालका तेन्जिङ नोर्गे शेर्पा (पछि भारतको दार्जिलिङ पलायन हुन वाध्य भएका) र न्युजिल्यान्डका एडमण्डल पर्सिभल हिलारीले सफलता प्राप्त गरेका थिए । यसरी सगरमाथा/चोमोलुङमाको शिरमा प्रथम पटक पाइला टेक्न सफल मानवको रुपमा आफ्नो नाम लेख्ने नेपालका तेन्जिङनोर्गे शेर्पा र न्युजिल्यान्डका एडमण्डल हिलारी थिए । यसरी इतिहास हेर्दा सगरमाथा अर्थात् चोमोलुङमामा मानव पाइला पुगेको गएको मे २९ मा ६६ वर्ष पूरा भएर ६७ वर्षमा लागेको छ ।

हुन पनि जब सगरमाथा अर्थात् चोमोलुङमा विश्वकै अग्लो हिमशिखर हो भन्ने प्रमाणित भयो, त्यसपछि र विश्वव्यापी रुपमा प्रचारप्रसार हँुदै गएपछि विश्वभरिका पर्वतारोहीहरुका लागि यो हिमशिखर जसरी भए पनि एकपटक चढ्नका लागि तँछाड–मछाड हुँदै गयो÷गएको छ । त्यसैले त विश्वका एक से एक पर्वतारोहीहरु सगरमाथा अर्थात् चोमोलुङमा चढेर पर्वतारोहणको इतिहासमा आप्mनो नाम राख्नका लागि लाखौं अमेरिकी डलर खर्च गरेर नेपाल आउँछन् ।

सौभाग्यवस हाम्रै देश नेपालका  नेपालका कामीरिता शेर्पाले २४ औं पटक, आप्पा शेर्पाले २१ औं पटक, आङरिता शेर्पाले १० औं पटक चढेर पहिलो कीर्तिमान बनाए भने, ११ औं पटक, १२ औं पटक, १३ औं पटक, १४ औं पटक, १५ औं पटक, १६ औं पटक, १७ औं पटक, १८ औं पटक, १९ औं पटक, २० .. औं ..., पटक चढ्ने नेपालीहरु (खास गरी शेर्पा समुदायका पर्वतारोहीहरु) त कति छन्, कति ! ... यसै सन्दर्भमा सगरमाथा अर्थात् चोमोलुङमा आरोहणको क्रममा कीर्तिमान राख्ने केही आरोहीहरुका बारेमा तल केही लेख्ने जमर्को गरिएको छ । हुन त बितेको ६६ वर्षमा सगरमाथा अर्थात् चोमोलुङमा चढेर मानिसहरुले अनेक खाले कीर्तिमानहरु कायम गरी सकेका छन् ।

जस्तो कि, सबैभन्दा वृद्ध पुरुष, सबैभन्दा कम उमेर, क्यान्सर रोगी, दुवै हात नभएको, दुवै खुट्टा नभएको, अपाङ्ग, अन्धा, सगरमाथा वारपार गर्ने (चीन–नेपाल सीमा छिचोल्ने) वृद्ध महिला, विश्वकै पहिलो महिला, नेपालकै पहिलो महिला, विवाहित विदेशी जोडी, विवाहित नेपाली जोडी, बेलुनिङ गर्ने, स्कीइङ गर्ने, नेपाली पत्रकार, विदेशी पत्रकार, महिला पत्रकार, पुरुष पत्रकार, एक्लै चढ्ने, २० घण्टा सगरमाथाको शिरमा बसेर समय बिताउने, बिना अक्सिजन चढ्ने, एक्लै चढ्ने, भेजेटेरियन, एडस् रोगी, किताब विमोचन गर्ने, गीति एल्बम विमोचन गर्ने, नांगै उभिने, बक्खु लगाएर चढ्ने, दौरा–सुरुवाल लगाएर चढ्ने, ढाका कपडा लगाएर चढ्ने, गीत गाउने लगायत अनेकौं कीर्तिमान अर्थात् रेकर्डहरु सगरमाथा अर्थात् चोमोलुङमा चढ्ने क्रममा एक किसिमको कीर्तिमानहरुको ओइरो नै लागेको देखिन्छ ।

जे होस्, सगरमाथा अर्थात् चोमोलुङमा आरोहणको कुरो गर्दा सबभन्दा पहिले चोमोलुङमा अर्थात् सगरमाथा चढ्ने प्रयास् सन् १९२१ मा बृटिश आर्मीका लेफ्टिनेन्ट कर्नेल चाल्र्स हवार्ड बरिको नेतृत्वमा पहिलो प्रयास भएको थियो । तर, उनीहरुले सफलता पाउन सकेनन् । त्यस्तै चोमोलुङमामा पहिलो मृत्यूवरण गर्ने नागरिक पनि बृटिश नागरिक डा. ए.एम. कल्लस हुन् । उनी १९२१ को बृटिश टोलीमा सदस्य थिए ।

यसरी हेर्दा लगभग ३२ वर्षपछिको प्रयासपछि चोमोलुङमामाथि सन् १९५३ मे २९ तेन्जिङ नोर्गे शेर्पा नेपाल र एडमण्ड हिलारी न्यूजिल्याण्डले सगरमाथा अर्थात् चोमोलुङमा चढेर कीर्तिमान कायम गरे । त्यो वेला उनीहरु बृटिश टोलीमा सहभागी भएका थिए भने उक्त टोलीको नेतृत्व वृटिश नागरिक लर्ड जोन हन्टले गरेका थिए । पहिलो पटक एक्लै चोमोलुङमा चढ्ने श्रेयचाहिं रेनहोल्ड मेस्नर इटलीलाई जान्छ । उनले सन् १९८० मे १९ मा उक्त सफलता हात लाए । जसको नेतृत्वचाहिँ पोलिश नागरिक एन्डेजेज स्वाडाले गरेका थिए । उत्तर दिशाबाट पहिलोचोटी चोमोलुङमा चढ्ने श्रेयचाहिँ चिनियाँ नागरिकहरु वाङ फु चोउ, गोम्पा र चु यिङ हाउलाई जान्छ । उनीहरुले १९६० मा उत्तरी दिशाबाट चोमोलुङमा सफलता पूर्वक चढेका थिए ।

पहिलो महिला चोमोलुङमा आरोही बन्ने सौभाग्यचाहिं जापानकी जुन्को ताबेईलाई जान्छ । उनले सन् १९७५ मे १६ मा सफलतापूर्वक चोमोलुङमा  शिखरको चुचुरो चुमेकी थिइन् भने उनी सम्मिलित दलको नेतृत्व मिचिओ युआसाले गरेका थिए । त्यस्तै नेपाली प्रथम चोमोलुङमा चढेने महिला पासाङल्हामु शेर्पा हुन् भने धेरैपटक चोमोलुङमा चढ्ने महिला ल्हाक्पा शेर्पा हुन् । उनले आठ पटक चोमोलुङमाको चढी सकेकी छिन् ।

हुन त यो पटक (गएका मे २९मा) ६७ औ सगरमाथा दिवस हो भने, यसरी सगरमाथा दिवस मनाउने क्रम विगत लामो समयदेखि नै नेपाल पर्वतारोहण संघ (एनएमए), हिमालयन रेस्क्यु एसोसिएसन (एचआरए), होटल संघ नेपाल (हान), नेपाल टुर एण्ड ट्राभल एसोसिएन (नाट्टा) आदिले मनाउदै आएका थिए । त्यसो भए तापनि नेपाल सरकारले भने सरकारी स्तरमा घोषणा गरेर सन् २००८ देखि मात्रै औपचारिक रुपमा सगरमाथा दिवस मनाउन थालेको हुनाले गर्दा (तर, अन्तर्राष्ट्रिय रुपमा सगरमाथा दिवस मनाउने) १२ औं मान्नुपर्ने हुन्छ । तर, विगत ५ महिनादेखि विश्वभरि महामारीको रुपमा पैmलिए रहेको कोरोना (कोभिड–१९) का कारण यो वर्ष सगरमाथा दिवस गुपचुप नै रह्यो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको