Like us!
Follow us!
Connect us!
Watch us!

सडक पेटीमा जमराको किनबेच

बुधबार, २६ असोज २०७३, १२ : ४६ मा प्रकाशित

सडक पेटीमा जमराको किनबेच

तस्बिरःरिमाल राजेन्द्र

अर्थ संसार
काठमाडौं–दसैंमा मान्यजनबाट टीका ग्रहण गर्दा टीकासँगै जमरा लगाइन्छ । धान, गहूँ, मकै र जौका आँकुरा जमरा नेपाली संस्कृति एवं परम्परामा दशैंको अभिन्न बस्तुका रुपमा लिइन्छ ।

घटस्थापनाको दिन जौ छरेर विजयादशमीको दिन देवीको प्रसादको रूपमा जमरा लगाउने परम्परा हिन्दू धर्मावलम्बी नेपालीको मात्र हो । घरबाट टाढा भएका व्यक्तिहरू पनि मान्यजनको हातबाट आर्शीवादसहित टीका जमरा थाप्न घर पुग्ने गर्दछन् । पुरुषहरूले ढाकाटोपीमा सिउरेको र महिलाले चुल्ठोमा सिउरेको जमराले नेपालीको धार्मिक आस्था एवं सांस्कृतिक एकतालाई प्रतिबिम्वित गराउँछ । 
जमरालाई औषधिका रुपमा समेत प्रयोग गर्ने गरिन्छ । मधुमेह, उच्च रक्तचाप, क्यान्सरका रोगीका लागि जमरा लाभदायक मानिन्छ । 
त्यही जमरा सडक पेटीमा विक्रीका लागि राख्न थालिएको भेटिएको छ । मैतीदेवी मन्दिरवरपरको सडक पेटीमा जमरा बेच्न राखिएको पाइन्छ । माटो ल्याएर, घरको कुनामा ९ दिन लगाएर जमरा उमार्ने झन्झट कसले गरोस् । तपाईंको घरमा पनि जमरा राखेको छैन भने किन्न जाने कि ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको