Like us!
Follow us!
Connect us!
Watch us!

ओमको शाखा बौद्धमा

मंगलबार, १५ चैत्र २०७३, १७ : ४८ मा प्रकाशित

ओमको शाखा बौद्धमा

अर्थ संसार 
काठमाडौं– ओम डेभलपमेन्ट बैंकले आफ्नो शाखा आजदेखि बौद्धमा सुरु गरेको छ । महिला उधमशिलताको विकासमा सहयोग पुगोस भन्ने उदेश्यले माइक्रोबस चालक श्रीमती रीता थापा मगरलाई सम्मान गर्दै आज प्रमुख अतिथीको रुपमा डेपुटी गर्वनरज्यूद्धारा शाखाको उद्धघाटन गरिएको हो ।  बैंकले हाल ३१ वटा शाखाहरुबाट १ लाख २५ हजार ग्राहकहरुलाई सेवा प्रदान गरिराखेको छ ।

शाखा उद्घाटनको क्रममा बैंकका अध्यक्ष सुशिल कुमार गोशली र प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले बैंकका बिभिन्न गतिविधीहरु जानकारी गरांउदै मनास्लु विकास बैंकसंग मर्जरको लागि बिशेष साधारणसभाले स्वीकृती पनि दिईसकेको र नेपाल राष्ट्र बैंकसंग संयुक्त कारोवार गर्न अन्तिम स्वीकृतीको लागि निवेदन पेश गर्न तयारीमा रहेको ब्यहोरा जानकारी दिनुभयो । मर्जरपछि बैंकले १०ः३ अनुपातमा हकप्रद शेयर जारी गर्ने जानकारी दिईएको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको