Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा सर्किट ब्रेक

मंगलबार, १५ चैत्र २०७३, १७ : १६ मा प्रकाशित

सेयर बजारमा सर्किट ब्रेक

अर्थ संसार 

काठमाडौं– सेयर बजार अस्वाभाविक रुपमा वृद्धि भएपछि नेपाल स्टक एक्चेन्जले आज सर्किट ब्रेक लगाएको छ । 

बजार पाँच प्रतिशतले बढेपछि स्टकले सर्किट ब्रेक लगाएको हो । स्टकका अनुसार आज बजार ७६.७९ प्रतिशतले बढेको छ । कुल १४४ कम्पनीको २५ लाख ९८ हजार ५५७ कित्ता सेयर रु एक अर्ब ३९ करोड ४० लाख ३५ हजार ४१९ मा खरिद बिक्री भएको छ । 

उच्च वृद्धि भएपछि सेयर बजार बुलिस ट्रेन्डमा अगाडि बढेको जनाइएको छ । लगातार घट्दै आएको बजार करिब चार महिनापछि उच्च बिन्दुमा पुगेको हो । बजार बढेर एक हजार ६१० बिन्दुमा पुगेको छ । 

स्टकका अनुसार बैंकिङ समूह ७५.०९, होटल ७१.०९, विकास बैंक ८२.९७, जलविद्युत् १०६.५१, फाइनान्स ३८.९४, बिमा ५०३.११ र अन्य समूह १०.१२ प्रतिशतले बढ्दा उत्पादन समूहको भने कुनै पनि सेयर कारोबार भएन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको