Like us!
Follow us!
Connect us!
Watch us!

सरकाले परीक्षणविना नै कोरोना संक्रमितलाई घर पठाउन थाल्यो

अर्थ संसार

सोमबार, ०१ असार २०७७, १३ : ११ मा प्रकाशित

सरकाले परीक्षणविना नै कोरोना संक्रमितलाई घर पठाउन थाल्यो

अर्थ संसार, काठमाडाैं। सरकारले कोरोना संक्रमितलाई परीक्षण नै नगरेर घर पठाउन थालेको छ । यसअघि सरकारले कोरोना संक्रमित पुष्टि भएकालाई पुन परीक्षण गरेर दुई पटक रिपोर्ट नेगेटिभ आएपछि मात्रै घर पठाइने गरेको थियो ।

तर, सरकारले भने संक्रमण पुष्टि भएकालाई १४ दिन क्वारेन्टिनमा राखेर परीक्षण नै नगरेर घरपठाउन थालेको हो ।

पछिल्लो समय सुदूरपश्चिम विभिन्न ठाउँबाट २६ जना संक्रमितलाई बिना परीक्षण डिस्चार्ज गरिएको छ । त्यस्तै दाङमा भने परीक्षणको नतिजा नै नआइ घर पठाइएकामा कोरोना संक्रमण पुष्टि भएको छ । 

सुदुरपश्चिमको  सेती प्रादेशिक अस्पतालबाट १५ जना संक्रमितलाई डिस्चार्ज गरिएको छ । उनीहरुमा संक्रम्ण पुष्टि भएको थियो । १४ दिन क्वारेन्टिनमा राखेपछि उनीहरुलाई बिना परीक्षण घर पठाइएको हो ।

यस्तै महाकाली अस्पतालबाट चार जना, डोटी जिल्ला अस्पतालबाट दुई जना, डोटीको पूर्वीचौकी गाउँपालिकाबाट तीन जना र अछाम जिल्ला अस्पतालबाट दुईजना संक्रमितलाई पनि आइतबारै डिस्चार्ज गरिएको छ ।

दाङको घोराही उपमहानगरपालिका वडा नं १७ स्थित चौघेरा क्वारेन्टिनमा बसेका १३ र वडा नं १७ कै प्रावि क्वाडीमा बसेका ४ जनामा कोरोना पोजेटिभ देखिएको छ । उनीहरुलाई परीक्षणको नतिजा नआइ घर पठाइएको थियो ।

पछि कोरोना पुष्टि भएपछि स्थानीयले वडा कार्यालय घेराउ गरेको छ । सरकारले १४ दिन आइसोलेसनमा बसेका संक्रमितमा कुनै लक्षण नदेखिए त्यस्ता संक्रमितलाई सोझै घर पठाउने नयाँ निर्देशिका जारी गरेको छ । त्यस्ता संक्रमितबाट अरुमा सर्ने सम्भावना कम रहेको भन्दै सरकारले यस्तो निर्दैशिका जारी गरेको हो । यद्यपी यो कुराको पुष्टि भने भइसकेको छैन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको