Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना संक्रमित आइसोलेसनबाट भागे

अर्थ संसार

सोमबार, ०१ असार २०७७, ०९ : ०५ मा प्रकाशित

कोरोना संक्रमित आइसोलेसनबाट भागे

अर्थ संसार, काठमाडौं । कपिलवस्तुमा एक कोरोना संक्रमित भागेका छन् । जिल्लाको कृष्णनगर नगरपालिकाको गल्स कलेज झण्डीनगरमा रहेको आइसोलेसनमा २ दिन बसे पछि रातको समयमा भागेका हुन् ।

जेठ २३ गते कोरोना सङ्क्रमित भएको पुष्टि भएक उनी सीमावर्ती बजार वढनी आसपासमा बस्ने वर्ष २२ का सन्तोष केवट नाम गरेका भारतीय नागरिक हुन् । दुई दिन आइसोलेसनमा बसे पछि जेठ २५ गतेबाट फरार उनी कहाँ छन् भन्ने प्रशासनलाई समेत थाहा छैन् ।

आइसोलेसनबाट भारतीय सीमाना आधा किलोमिटर मात्रै टाढा छ । संक्रमित नागरिक भारत पसे या नेपालमै छन् भन्नेबारे प्रजिअ मात्र नभएर कपिलवस्तु प्रहरी प्रमुख र सशस्त्र प्रहरी प्रमुखलाई समेत थाहा छैन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको